साताको राशिफल:-श्रावण २७ गतेदेखि भाद्र १ गतेसम्म

मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता छोटो यात्राको सम्भाबना रहेकोछ, विपक्ष र शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा विशेष सावधानी अपनाउनु पर्नेछ,परीवारका सदस्यहरुबाट अलिक टाढा भएको अनुभव रहनेछ,आर्थिक क्षेत्रमा सामान्य कठिनाई र डुबेको धन उठ्न गारो छ।आफन्त र मित्रहरू सङ्गको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ।खानपिनमा खराबी हुनेछ।छाती र शीरमा पिडा हुनेछ। राशी स्वामी-मङ्गल/शुभ रङ-रातो सुन्तले
वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता अध्ययन अध्यापनका निम्ती समय उत्तम नै रहनेछ,पुराना मित्रजनहरु सङ्गको भेटघाटमा समय ब्यतित रहनेछ,आर्थिक क्षेत्र सुध्रिनेछ ,कार्यक्षेत्रमा जागीरमा पदोन्नतीको समय रहेकोछ,पुराना डुबेको लगानि उठाउन समयले बिशेष साथ दिनेछ,आफु भन्दा सानाको सहयोगले गरीएका कामबाट फाईदा जनक रहनेछ।स्वास्थ्यमा सुधार आउला,छालाको रोग निको हुँदै जानेछ। राशी स्वामी-शुक्र/शुभ रंग-सेतो उज्यालो खैरो
मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता भौतिक सुबिधा र साधनको प्रयोगमा समय ब्यतित रहनेछ,यात्रा हुनेछ।परिवार सङ्ग भेट्ने अवसर मिल्छ।नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ,मनमा चन्चलताले बास गरेता पनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ,सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ,मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ।राशी स्वामी-बुध/रङ्ग-हरियो पहेँलो
कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता साझेदारीका कामका क्षेत्रमा सामान्य झन्झट ब्यर्होनु पर्ला, धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ,मन शान्त हुनेछ ,सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन,साथी भाईहरुको खराब संगतका कारण सामान्य अपजस आउनेछ ,यात्रा गर्दा विशेष साबधानि अपनाउनु होला,अर्काको खुशीको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ।स्वास्थ्य सुधार हुनेछ।आखाको समस्या निको हुनेछ।राशी स्वामी-चन्द्र/रंग -सेतो खैरो उज्यालो
सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता बिलासिताका सामानमा सामान्य खर्च हुन सक्नेछ,सञ्चित रकम सामान्त खर्च हुने योग रहेको छ,बाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ,वचन सिद्धि मिल्ने योग छ।अपरीपक्क कार्यले सामान्य खर्च बढाउन पनि सक्नेछ तर त्यसको फल मिल्नेछ ,सामान्य चोट पटकको सम्भाबना रहेको छ,ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ।आखामा सुधार हुनेछ। राशी स्वामी -सुर्य/रंग -सुन्तले रातो खैरो
कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता अनावश्यक भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ,परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ,कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला,प्रेम सम्बन्धमा सुधार आउनेछ,जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ,कार्यमा भएको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ।स्वास्थ्यमा केही बाधा छ।टाढाको यात्रा नगरेको बेश।राशि स्वामी-बुध /रंग-हरियो पहेँलो
तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता प्रतिपक्षीहरु सबल र बलियो रहनाले कार्यक्षेत्रमा साबधानि रहनु होला,राज्यबाट पुरस्कार पाउने योग छ।परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ,कुरा काट्ने ब्यक्तिहरु बढ्ने छन ,बोल्दा सजग रहनु होला नसोचिकन बोल्दा बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन,स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ,तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला।राशी स्वामी-शुक्र/सेतो खैरो उज्यालो
वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पर्न सक्ला,सामान्य चुनौति भएपनि आम्दानि राम्रो रहनेछ,बौद्धिक व्यक्तित्व हरुको साथ र समर्थन प्राप्त हुनेछ,बिद्या र ज्ञान् प्राप्ति योग रहेको छ,सन्तान सम्बन्धि समस्याले सताउने छ,सामान्य यात्रा हुन सक्छ,चाढो रिसको सिकार भईनेछ सतर्क रहनु होला,पारीवारिक समस्याले सताउन सक्छ।राशी स्वामी-मंगल /रंग -रातो सुन्तले
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता परीस्थीति सङ्ग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ,वैदेशिक यात्रामा जाने बाटो खुल्नेछ।सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ,पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ,धैर्य धारण गर्ने क्षमतामा भने बृद्धि हुनेछ,आय मुलक कार्यको थालनि हुनेछ,निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ।राशी स्वामी-गुरु/रंग-पहेंलो,हरियो उज्यालो
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नुपर्नेछ,मनमा सामान्य चिन्ताले सताउन सक्छ,नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला,भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ,परीवारमा बिताएको समय फाईदा जनक रहला,अध्ययन अध्यापनमा समय मध्यम रहनेछ।मनमा साहस भने बढ्ने छ।स्वास्थ्य राम्रो रहला।राशी स्वामी-शनि/रङ-कालो नीलो छिर्केमिर्के
कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला,शेयरमूल्यमा गिरावट रहन्छ।बाणीको चलाखीले नयाँ मित्र प्राप्त हुन सक्छन,सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला,मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ,शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ,लापरबाहिको कारण संचित धनमालको क्षति भोग्नु पर्ने सम्भाबना रहेको छ।राशी स्वामी-शनि/रङ-कालो नीलो छिर्केमिर्के।
मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता साझेदारीको काममा अघि नबढेको नै राम्रो हुनेछ,सहि निर्णय गर्ने क्षमता मा कमि आउनेछ,नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ,मित्रहरुको सहयोग प्राप्त भने हुनेछ,प्रेम सम्बन्धमा सुधार आउनेछ,पति/पत्निबिच प्रेन बढ्ने छ।खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ,अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिन्छ ।स्वास्थ्यमा अलिक गारो छ।

ज्योतिष मिलन कृष्ण पोख्रेल, चितवन

Comments are closed.