साताको राशिफल:भाद्र ३० गतेदेखि आश्विन ५ गतेसम्म

साताका चाडपर्व एवं दिवस:-भाद्र३१ गते तीजको दरखान/आश्विन १ गते हरितालिका तीजव्रत , गणेश चतुर्थीव्रत, आश्विन सक्रान्ती बिश्वकर्मापुजा वास्तुदिवस/२ गते ऋषिपन्चमीव्रत(सप्तर्षी पुजा), मंगलचौथीव्रत/३ गते संविधान दिवस/५ गते महालक्ष्मीव्रतारम्भ

मेष 🐏(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)यो साता हाँसखेल र मनोरञ्जनपूर्ण समय छ,पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ,सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ,पढाइमा सुधार आउला।सन्तानको केही पिर हुनेछ।स्वास्थ्यमा केही कठिनाइ आउला।

वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता आर्थिक पक्ष केहि सबल बन्नेछ, न्यायक्षेत्रमा र कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ,मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ,यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ, खानपानमा नियन्त्रण गर्नुहोला, आर्थिक पक्ष सुधार हुनेछ।नया रोजगारीको प्रबल सम्भावना छ।

मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता पारिवारिक सहयोग प्राप्त हुनेछ,दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ,मनोरञ्जन पूर्ण समय रहेको छ,कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ।

कर्कट 🦀(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)यो साता कल्पना र भावनामा बग्नुहुनेछ ,बोलीको विपरीत अर्थ लगाउन सक्छन ,बचनलाई नियन्त्रणमा राख्नुहोला, नचिताएको स्थानबाट धनागमनको संकेत छ,शरीर फूर्तिलो भएको महसुस हुनेछ, परिणाममुखी काममा लगानीको समय छ।शिक्षामा केही सुधार हुनेछ ।

सिंह 🦁(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन तर पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ ,स्वास्थ्य राम्रो र सबल रहनेछ र गरिएको कार्यमा पनि फाइदाको योग छ, पराक्रम र उत्साह बढ्नेछ ,उद्योग एवं व्यापारमा विशेष फाइदाको योग छ,प्रतिस्पर्धी परास्त हुनेछन।शत्रुहरु मोहित हुनेछन् ,आम्दानी बढ्नेछ।

कन्या 👧🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,पढाइलेखाइमा प्रगति हुनेछ, बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ,चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ,धैर्यले काम लिने समय छ,दम्पतीमा प्रेम बढ्नेछ ।सन्तान वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ।स्वास्थ्यमा बिशेष ख्याल राख्नुपर्ने छ।

तुला ⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो सातानयाँ नयाँ कामको थालनी हुने र नया ज्ञान प्राप्त हुने योग छ,ठूलाबडाको आशीर्वाद र प्रेरणा ले रोकिएको काम सहज बन्नसक्छ,आर्थिक लाभ प्राप्त होला,सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,कृषिको कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ।सजग भएर काम गर्नु उत्तम छ।

वृश्चिक 🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता सामाजिक र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ,रोकिएका काम सम्पन्न हुनेछन। मित्रहरूसङ्ग सामान्य झगडा पनि हुन सक्छ,सवारी साधन चलाउदा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनु हुनेछ,बौद्धिक शैक्षिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ।शेयरमूल्यमा घाटाको प्रबल सम्भावना छ।नया काम नथाल्नुनै उत्तम छ।
धनु 🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता लामो दूरीको लाभदायी यात्रा हुनेछ। सामाजिक र राजनीतिक उत्तरदायित्व वहन गर्ने समय छ,अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ, शत्रुहरूको षड्यन्त्र र चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्‍याउन सक्ने छैनन।स्वास्थ्यमा केही कठिनाइ हुनेछ।
मकर 🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ,आँफूभन्दा वरिष्ठ व्यक्तिका साथमा अति सुमधुर सम्बन्ध रहने छ,बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबलनै छ,यद्यपि समय बलियो भने छैन।गहना,कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला।

कुम्भ ⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ,नोकरी अथवा व्यवसायसँग संबंधित कुनै ठोस परिणाम देखा पर्नेछ।डुबेको धन उठ्ने समय छ।चुनौती र कठिनाइ हटाउन गरिएको कोशिश सफल हुनेछ,रमाइलो यात्राको पनि सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।पति/पत्निको सम्बन्धमा सुधार आउनेछ।शेयरमा केही घाटा हुनेछ।नया कार्यको थालनी नगर्दा नै बेश छ।स्वास्थ्यमा सुधार हुनेछ।

मीन🧜‍♀(दी,दु,थ,झ,ञ,दे,दो,च,ची)यो साता नयाँ कार्य र जिम्मेवारी हात पार्ने समयछ,पढाइलेखाईमा पनि राम्रै प्रगति हुनेछ,आर्थिक पक्ष सबल छ,स्वासप्रस्वासको समस्या देखा पर्ने छ।परिवारमा आगन्तुकको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ।कुरा काट्ने सक्रिय हुनेछ्न।मित्रहरूबाट धोका हुनेछ सजग रहनु होला।

ज्योतिष
मिलन कृष्ण पोख्रेल

Comments are closed.