साताको राशिफल-माघ १४ गते शनिबार देखि माघ २० गते शुक्रबारसम्म

 

साताको राशिफल:
(साताका केही पर्वहरु)=
माघ १५ गते अस्टमी व्रत,गोरखकाली पुजा,कुस्ठरोग दिवस
माघ १६ गते द्रोणनवमी, शहिद दिवस
माघ १७ गते शल्यदशमी,वैतडिको विश्वनाथमन्दिरमा पुजा
माघ १८ गते भीमाएकादशी ब्रतम
माघ १९ गते प्रदोषव्रत,भिष्मद्वादशी,

मेष (चु चे चो ला लि लु ले लो अ)–यो साता सन्तानको लागि मेहनत गर्नुपर्ने देखिन्छ।केही नयाँ कार्यको लागि समय उत्तम छ।जागिरबाट लाभ छ।मनमा प्रसन्नता रहनाले काममा मन लाग्नेछ। शेयरमूल्यमा बढोतरी हुनेछ।आर्थिक अवस्थामा बिस्तारै सुधार आउला।साथिभाईबाट टाढा हुने योग छ।खराब व्यक्तिबाट सतर्क रहनु उचित छ।माता वगलामुखीको ध्यान आराधना गर्नु शुभ छ।  ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष (इ उ ए ओ वा वि वु वे वो )– यो साता शिक्षामा सुधार हुदैजाने छ।व्यापारमा बिस्तारै लाभ हुदैजाने छ।पतीपत्नीबिच विवाद उत्पन्न हुने योग छ।रिसमाथी नियन्त्रण राख्नु राम्रो छ।घाँटी र छालामा समस्या आउला।जागिरमा मन लाग्ने समय छैन।  (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन(क कि कु घ ङ छ के को ह)–यो साता जागिरेहरुको लागि अलिक व्यस्ततामा रहनुपर्ने समय छ।दाम्पत्य जीवन सुखदनै व्यतीत हुनेछ।।मित्रहरूबाट धोका पाईनाले निराशा हुनेछ।भगवान लक्ष्मीनारायणको ध्यान जप गर्नु शुभ हुनेछ ।शेयरमा राम्रै हुनेछ।मनमा भय रहनेछ।काममा केही बिलम्ब हुनेछ।पति/पत्निको स्वास्थ्यमा सुधार हुँदै जाने योग छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट(हि हु हे हो डा डि डु डे डो)–यो साता दौडधुप बढी हुनेछ।आम्दानी मध्यम रहन्छ।गृहको काममा ढिलाइ हुनेछ।शत्रुहरु माथी विजय प्राप्त हुनेछ।दाम्पत्य शुख मिल्नेछ।शेयर कारोबारमा सन्तोषजनक सुधार हुने देखिदैन।के गर्ने के नगर्ने प्रष्ट नहुदा तनावमा रहनुपर्छ।माता भैरबीको आराधना गर्दा शुभ होला।  (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह (मा मि मु मे मो टा टि टु टे)–यो साता केही पुराना रोकिएको काम अगाडि बढ्ने छ्न।गरिआएको पेशामा लाभनै छ।विवेकमा वृद्धि हुनाले मन शान्ति रहनेछ।शत्रुहरु पराजित भएर शरणमा पर्न आउन बाध्य हुनेछन्।स्वास्थ्यमा सुधार आउनेछ विशेषगरी रुघाखोकी घाटीमा समस्या रहेपनि क्रमशः सुधार हुँदै जानेछ।मनमा द्विविधा बढ्न सक्ने योग छ।ईश्वरको भक्तीमा मन लगाउनु उत्तम छ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या(टो प पि पु ष ण ठ पे पो)–यो साता मठ मन्दिरको दर्शनको अवसर मिल्नेछ।जागीरेहरुको लागि समय उत्तम छ।व्यापारमा केही मन्दी आउनेछ।परिवारमा मेलमिलापनै रहन्छ।पुरानो अचल सम्पत्ति बिक्री हुने योग छ।।खर्चको वृद्धिले केही तनाब होला।शिक्षामा सुधार हुन कठिनाइनै छ। माता वागिश्वोरिको ध्यान आराधना गर्नु पर्ने देखिन्छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)

तुला(रा री रु रे रो ता ती तु ते)–यो साता जागीरमा बढी समय दिनुपर्ने समय छ।राजनीतिक क्षेत्रमा केही लाभ छ।पढाई लेखाईमा रामै छ।मनले सोचेका काम पुरा हुनेछन्।दाम्पत्यमा केही विवाद हुने योग छ।गोडा र ढाडमा समस्या आउन सक्छ।भगवान शिवको आराधना गर्दा लाभ हुनेछ। (राशी स्वामी-तुला/शुभ रंग-सेतो)

बृश्चिक(तो ना नि नु ने नो या यी यु)–यो साता काममा अलिक व्यस्त रहनुपर्ने छ,स्वास्थ्यमा अझै सुधार हुदैजानेछ।पुरानो सामानको बिक्रि हुने योग छ।दाम्पत्य जीवन राम्रोनै व्यतीत हुनेछ।शेयरमूल्यमा गिरावट हुने देखिन्छ।राजनैतिक क्षेत्रमा त्यति सफलतानै छैन। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु(या यो भा भी भु ध फा ढा भे)–यो साता व्यवसायमा राम्रो नै छ।यात्रा गर्नुपर्ने समय छ।।वैदेशिक कार्य बिस्तारै सफल हुनेछ।सोचेर काम गर्नुपर्ने समय छ।दाम्पत्य र प्रेमी प्रेमिकामा प्रेम बढ्ने देखिन्छ।पुरानो धनराशी प्राप्त होला। माता सरस्वतीको आराधना गर्दा शुभ हुन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)

मकर(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साता जागीरमा मध्यम अवस्था छ।खर्चको अभाव हटेर जानेछ। यात्राबाट कार्य सफल होला।क्रोधमा नियन्त्रण आउनेछ।मन संयमीत रहनेछ।शरीरमा दुखाईको समस्या आउला। शिक्षामा भने मेहनतले सफल तुल्याउने छ।पतीपत्नीको बिचमा दुरि रहनेछ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

कुम्भ(गु गे गो सा सी सु से सो द)–यो साता जागिरमा पदोन्नति हुनसक्छ।व्यवसायमा संतोषजनक लाभ छैन।घडेरी किनबेच हुनेछ।पढाईमा मन लाग्नेछ।वैवाहिक जीवन ठिकै छ।प्रेमिप्रेमिकामा सामान्य विवाद भएपनि समाधान हुनेछ।विदेश यात्राको सफल छ।खर्चमा नियन्त्रण आउला ।शेयर कारोबारमा स्थिरता नै छ। माता उमा भगवान शंकरको आराधना गर्नुनै उत्तम छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

मीन(दि दु थ झ ञ दे दो चा ची)–यो साता सामान्यतया राम्रो नै छ।राजनीतिमा फाईदा छ।।चाहेझै लाभ हुनेछ।शत्रुमाथी विजय हुनेछ।परदेश बाट लाभ छ।बिदेश जान चाहेकाहरुलाई उपयुुक्त समय छ।मनमा केही अस्थिरता आउला ।मनलाई नियन्त्रणमा राख्नु श्रेयस्कर छ। श्रीउमामहेश्वर भगवानको आराधना गर्नु शुभ हुनेछ । (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )

ज्यो-मिलन कृष्ण पोखरेल
भरतपुर महानगरपालिका १०,चितवन
९८४५८८८१६५

Comments are closed.