साताको राशिफल: माघ २८गते शनिबार देखि फाल्गुन ५ गते शुक्रबारसम्म

(साताका केही पर्वहरु)=
माघ २९ गते देवघाटमा मकर स्नान समाप्ति ,रविसप्तमी
फाल्गुन १ गते फाल्गुन सक्रान्ती,अस्टमीव्रतम,गोरखकालीपुजा
फाल्गुन ४ गते विजय एकादशीव्रतम

मेष (चु चे चो ला लि लु ले लो अ)–यो साता मिश्रित फल मिल्नेछ।स्वास्थ्यबाट हुने कठिनाइ कम हुनेछ।जागीरमा धेरै व्यस्त हुनुपर्ने समय छ।धन लाभ हुने देखिन्छ।मानसिक कष्ट हुनसक्छ।षड्यन्त्रमा परिन सक्ने हुदा सतर्क रहनु पर्छ। परिवारिक समस्या पर्ला।आर्थिक अवस्थामा बिस्तारै सुधार आउला।सन्तानबाट सुख मिल्नेछ।माताको स्वास्थ्यमा गडबडी हुने योग छ।माता वगलामुखीको ध्यान आराधना गर्नु शुभ छ।  ( राशिस्वामी-मंगल /शुभ रंग-रातो)

बृष (इ उ ए ओ वा वि वु वे वो )– यो साता सन्तानको कारणले खुशी मिल्नेछ।व्यबसायमा केही फाइदा छ।शिक्षामा सफलता मिल्नेछ।कारोबारमा अलिक सुधार हुदैजाने छ।आफन्त सङ्ग बिवाद हुनेछ्।धार्मिक कार्यमा रुचि जान्छ।मुद्दा मामिलामा जीत होला।घाँटीस्वास्थ्यमा कठिनाइ आउला।जागिरमा त्यति उत्तम समय छैन।  (राशी स्वामी-शुक्र /शुभ रंग -सेतो )

मिथुन(क कि कु घ ङ छ के को ह)–यो साता भुमि विक्री हुने योग छ।परिश्रम धेरै गर्नुपर्ने समय छ।पारिवारिक भेटघाट हुनेछ।पति/पत्निमा मतभेद हुनेछ।शत्रु शक्तिशाली हुनेछन्।स्वास्थ्यमा उतारचढाव आउला।यात्राबाट लाभ मिल्न कठिन छ।भगवान लक्ष्मीनारायणको ध्यान जप गर्नु शुभ हुनेछ ।शेयरमा मध्यम हुनेछ।काममा केही सुधार हुनेछ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट(हि हु हे हो डा डि डु डे डो)–यो साता आफन्तसङ्ग बियोग हुने देखिन्छ।कुटुम्बसङ्ग बादविबाद हुनेछ।सन्तानको चिन्ता हुनेछ।खर्चमा वृद्धि हुनेछ।घरको निर्माण शिघ्रताले पूरा हुनेछ।शत्रुहरु बलियो भएका छ्न सतर्क रहनु पर्छ।मुद्दामा पराजित हुनुपर्ला।मानसिक स्वास्थ्यमा केही समस्या देखिन्छ।दाम्पत्य शुख राम्रो नै छ।शेयर कारोबारमा फाईदा छ।माता भैरबीको आराधना गर्दा शुभ होला।  (राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिह (मा मि मु मे मो टा टि टु टे)–स्वास्थ्य राम्रो रहन्छ।महत्त्वपूर्ण काम सफल हुनेछन्।सिद्धता प्राप्ती हुनेछ।आटेका बन्दैजाने छ्न।पुरानो पेशामा बित्तलाभ हुनेछ।धैर्य र साहसमा अरु वृद्धि हुनेछ।रिसाएका मित्रहरू माफी माग्नेछ्न।सहयोगी सङ्ग मतभेद हुने योग छ।आर्थिक पक्ष बलियो हुदैजानेछ।शेयर कारोबारमा फाईदा मिल्ने देखिदैन।ईश्वरको भक्तीमा अरु मन लागिरह्न्छ। (राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे )

कन्या(टो प पि पु ष ण ठ पे पो)–यो साता समय ठिकै छ।कार्यमा बिलम्ब हुनेछ।व्यवसायमा बाधा बिरोध हुनेछ।जागीरेहरुको लागि समय राम्रो छ।आफन्तबाट सहयोग प्राप्त हुनेछ।शिक्षामा कठिनाइ छ।दाम्पत्यमा मतभेद देखिन्छ।जमिन बिक्री हुने योग छ।स्वास्थ्यमा भने सुधार हुनेछ। माता सरस्वतीको ध्यान आराधना गर्नु पर्ने देखिन्छ।
(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेंलो)

तुला(रा री रु रे रो ता ती तु ते)– सकारात्मक समय छ।रोकिएको काम बन्नेछ।भुमि लाभ होला।पैसाको लेनदेन नगर्दा राम्रो छ।कृषिको काममा फाईदा छ।बुबा आमाको स्वास्थ्यमा केहि गडबडी हुने योग छ।राजनीतिबाट फाईदा छ।।शिक्षामा सफलता नै छ।दाम्पत्यमा तनाव नै छ।अनावश्यक विवादमा परिन सक्छ सतर्क रहनु होला।स्वास्थ्यमा सचेत रहनु होला।भगवान शिवको आराधना गर्दा लाभ हुनेछ। (राशी स्वामी-तुला/शुभ रंग-सेतो)

बृश्चिक(तो ना नि नु ने नो या यी यु)–यो साता संघर्षपुर्ण समय छ।काममा विघ्न बाधा आउने छ।यात्रामा सतर्क रहुनु होला।व्यवसायमा धेरै प्रतिस्पर्धा होला।राजनीतिक व्यक्तिलाई भने ठिकै समय छ।स्वास्थ्य असल रहन्छ।दाम्पत्य जीवन अलिअलि विवादमा व्यतीत हुनेछ।घरको खर्च बढ्नेछ।झैझगडामा परिन सक्ने हुदा क्रोधमा नियन्त्रण राख्नु होला।शेयर कारोबारमा सुधार हुने देखिन्छ। (राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु(या यो भा भी भु ध फा ढा भे)– यो साता उत्तम समय छ।जागिरमा पदोन्नति हुने योग छ।शिक्षामा सफलता छ।वैदेशिक यात्राको मार्ग खुल्नेछ।स्वास्थ्यमा थोरै बाधा आएपनि निको हुनेछ।धैर्यले काम गर्नुहोला।पारिवारिक प्रेम बढ्ने देखिन्छ।डुबेको धनराशी प्राप्त हुनेछ।माता सरस्वतीको ध्यान आराधना गर्दा शुभ हुन्छ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेलो)

मकर(भो जा जी जु जे जो ख खि खु खे खो गा गी)–यो साताबाट शनि साढेसाती अन्तिम चरणमा गएकोले अनावश्यक वादविवाद हुनेछ।मानसिक तनाब होला।मनमा भ्रम उत्पन्न हुनेछ।जागीरमा सहयोगीबाट असहयोग होला।पति/पत्निबिच मनमुटाव हुने योग छ।भ्रमण हुनेछ।मनमा भित्र चिन्ता रहनेछ। शिक्षामा केही सफलता मिल्नेछ।रिसमा नियन्त्रण राख्नु होला। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

कुम्भ(गु गे गो सा सी सु से सो द)– यो साताबाट शनि साढेसाती मध्यममा गएको छ।स्वास्थ्यमा बाधा हुनेछ।हाडजोर्नीको समस्या आउला।पेटमा पनि समस्या आउने योग छ।आर्थिक क्षेत्रमा भने केही लाभ छ।ऋण लेनदेनमा सतर्क रहनु होला।।व्यापारमा लाभको समय छैन। सम्पत्ति किनबेचमा घाटा हुनेछ।सन्तानबाट सन्तोष मिल्नेछ।पति/पत्निमा प्रेम रहन्छ।विदेश यात्राबाट बिस्तारै फाइदा हुनेछ।शेयरमा त्यति फाईदा छैन।गौरीशंकर भगवानको आराधना गर्नु उत्तम छ। (राशी स्वामी-शनि/शुभ रंग-कालो र नीलो)

मीन(दि दु थ झ ञ दे दो चा ची)–यो साताबाट शनि साढेसाती शुरूवात भएको छकारोबार व्यवसायमा हानी हुने योग छ।मानसिक कष्ट र अनावश्यक यात्राले हैरानी गराउला।जागीरबाट सन्तोष मिल्ने देखिदैन।मन चंचल हुनेहुदा तनाबमा वृद्धि हुनाले मानसिक स्वास्थ्य बिग्रन सक्छ।नया मुद्दामामिलामा परिन सक्छ।आफ्नासङ्ग कलह हुने योग छ।सन्तानको चिन्ता रहन्छ।शत्रु शक्तिशाली हुनेछ्न तसर्थ सतर्क रहनु होला।विद्यार्थीलाई धेरै मेहनतले मात्र सफलता मिल्न सक्छ।श्रीभोलेनाथ एवं माता अम्बा भवानीको आराधना गर्नु शुभ हुनेछ। (राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेंलो )

ज्यो-मिलन कृष्ण पोखरेल
भरतपुर महानगरपालिका १०,चितवन
९८४५८८८१६५

Comments are closed.