साताको राशिफल:चैत्र ४ देखि चैत्र १० गतेसम्म

। चैत्र ४ गते पापमोचनीएकादशीव्रत चैत्र ७ गते घोडे जात्रा, औशी चैत्र ८ गते पिङ्गल नाम संवत्सर आरम्भ चैत्र १० गते मच्छेगाउ नारायण मेला, मत्स्याअवतार प्रकट दिवस,क्षयरोग दिवस

मेष 🐑(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) यो साता नयाँ काम थालनिको योग रहेको छ।सन्तानबाट केही सन्तोष मिल्नेछ।जमिन तथा वाहन सम्बन्धी समस्याले सताउनेछ, सामान्य कार्य गर्न अधिक मेहनत गर्नुपर्नेछ।सामान्य अपजसको सामना गर्नुपर्ला, मित्रहरु टाढिने हुदा तनाब हुने योग छ।पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ, आफन्तहरुको सहयोगमा कमि आउनाले केहि मानसिक चिन्ताले सताउन सक्छ।सहकर्मीबाट धोका र षडयन्त्र हुनेहुदा सजग हुनुपर्ने समय छ।माता बगलामुखीको आराधना गर्दा शुभ हुनेछ। (राशिस्वामी-मंगल/शुभ रंग-रातो)

वृष 🐂(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)यो साता पैसा र सामान हराउने योग रहेको छ,अपरीचित व्यक्तिहरुको बिश्वासमा नपर्नुनै राम्रो रहनेछ, मित्रजनहरुको सहयोगमा अधुरा कार्य पुर्ण हुनेछन,भौतिक र पू्र्खाको स्रोत साधनको प्रयोगमा समय ब्यतित रहने देखिन्छ, शाहसको कमीले कार्यमा कठिनाइ आउला,प्रतिपक्षी बढी बलियो रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ।स्वास्थ्यमा सुधार आउनेछ।भगवान शिवको आराधना गर्नु शुभ छ।(राशी स्वामी-शुक्र/शुभ रंग-सेतो)

मिथुन 👭(का,कि,कु,घ,ङ,छ,के,को,ह)यो साता खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ।यात्रा गर्नुपर्ने समय छ।परिवारजन संग भेट्घाट हुनेछ।मान्यजनहरु संगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ,सामान्य बादबिवादमा फसिने सम्भाबना रहेकोछ।ब्यापार ब्यवसायमा सुधारको संभावना रहला,साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ।केही समय पारिवारिक कार्यमा समय बिताउनु पर्ने समय छ।खर्च वृद्धि हुने समय छ।लक्ष्मीनारायणको आराधना गर्नु शुभ छ।(राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो)

कर्कट 🦀(हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)यो साता दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ।ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ,मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ,आर्थीक क्षेत्र मध्यम रहनेछ,दाजुभाई तथा मित्रजनहरु सँगको सम्बन्ध टाढिन सक्छ,परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ।मन चन्चल हुनेछ।माता भैरवीको आराधना गर्नु शुभ छ ।राशी स्वामी-चन्द्रमा/शुभ रंग-सेतो)

सिंह:-🐯(म,मि,मु,मे,मो,ट,टि,टु,टे)यो साता स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ,कार्य क्षेत्रमा पनि अरुको दबाबको महसुस हुनेहुदा केही तनाब रहला।प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ,मित्रजनहरु संगको भेटघाट फाईदाजनक हुनेछ।सामान्य यात्राको योग रहनेछ,शत्रु प्रबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ,सामान्य आर्थिक अभाब भएपनी टरेर जानेछ।भक्तिमा अरु मन जानेछ।ईश्वरको कृपा प्राप्त हुनेछ।(राशी स्वामी-सुर्य/शुभ रंग-रातो र सिंदुरे)

कन्या 🙎🏻(टो,प,पी,पु,ष,ण,ठ,पे,पो)यो साता अध्ययन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ,आफन्त र मित्रहरूको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ,नयाँ कार्यको लगानिमा उचित समय रहेकोछ,मनोरञ्जनको क्षेत्रमा समय बित्नेछ ,यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ,निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ।खर्चमा नियन्त्रण राख्नुहोला।माता सरस्वतीको आराधना गर्नु शुभ छ (राशी स्वामी-बुध/शुभ रंग-हरियो र पहेलो )

तुला :-⚖(रा,री,रु,रे,रो,त,ति,तु,ते)यो साता अचल र भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला,कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने समय रहेकोछ।जागीरमा समय राम्रो नै छ।ब्यापार ब्यवसायमा विस्तारै सुधार आउने छ।आफन्तहरुबाट मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ।पति/पत्नि र प्रेम सम्बन्धमा सामान्य झन्झट ब्यहोर्नु पर्ला,सन्तानको स्वास्थ सम्बन्धी समस्याले मनमा तनाब उत्पन्न गराउला।यात्राको योग बनेको छ तर उपलब्धिमुलक हुने देखिदैन।भगवान शिवको आराधना गर्नु शुभ छ।(राशी स्वामी-शुक्र/शुभ रंग-सेतो)

वृश्चिक :-🦂 (तो,ना,नि,नु,ने,नो,य,यी,यु)यो साता अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रहरु तथा दाजुभाई संगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ।अरुको कार्यक्षेत्रमा भएको त्रुटि र कमीको अपजस तपाईले खेप्नु पर्नेछ,मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा मिल्नेछ , पारीवारीक काम र व्यक्तिगत कामका निम्ति धेरै समय ब्यतित हुन सक्छ।स्वास्थ्यमा राम्रो हुँदै जानेछ।पुरानो लगानी उठ्ने समय छ।क्रोधलाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ।(राशी स्वामी-मंगल/शुभ रंग-रातो)

धनु :-🏹(ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)यो साता केही फजुल खर्चको सम्भाबना रहेकोछ।आर्थिक मामलामा सतर्क रहनु होला।खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ, पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ, शारीरिक आलस्यतले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस आउला ,खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ।शेयरमा केही वृद्धि होला।दौडधुप गर्नुपर्ने समय छ।माता सरस्वतीको आराधना गर्नु शुभ छ।(राशी स्वामी-वृहस्पति/शुभ रंग-पहेँलो)

मकर :-🐊 (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)यो साता रोकिएको रअधुराकार्य पुर्ण गर्नको लागि समय उत्तम रहनेछ।शारीरिक कमजोरी आलस्यताका कारण कार्यक्षेत्रमा केहि अपजसको सम्भाबना रहनेछ,परीवारका सदस्यमा केही स्वास्थमा समस्या उत्पन्न हुने देखिन्छ।पति/पत्नि सहयोगमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ,अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला।उच्च रक्तचापको समस्या आउन सक्छ।क्रोधमा नियन्त्रण राख्नु उचित हुनेछ।लेनदेनमा विवाद होला सतर्क रहनु होला।भगवान महादेवको आराधना गर्नु शुभ छ।(राशी स्वामी-शनी/शुभ रंग-नीलो र कालो)

कुम्भ :-⚱(गु,गे,गो,स,सी,सु,से,सो,द)यो साता नजीकका आफन्त र मित्रहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य रोकावट उत्पन्न हुन सक्नेछ।शेयरमा भने फाईदा देखिन्छ।झुटा आरोपको सामना गर्नुपर्दा मन दुखी होला।स्वास्थमा समस्या केही जटिल बन्ने योग रहेकोछ,स्वास सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला,अरुको कुरामा धेरै ध्यान नदिनु होला।मनमा साहस घट्नाले तनाबको सामना गर्नुपर्ने समय छ।गौरीशंकरको आराधना गर्नु शुभ छ।(राशी स्वामी-शनि/शुभ रंग-निलो र कालो)

मीन:-(दी,दु,थ,झ,ञ,दे,दो,च,ची) यो साता शुभचिन्तकहरुको साथ सहयोगमा आर्थिक रूपमा केही भएपनि सुधार हुनेछ ,पुराना साथीहरू संग भेटघाटले मन खुशी रहला, बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ,आय आर्जनमा वृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नुपर्ने छ।वौद्धिक रूपमा तपाईको मान बढ्नेछ।स्वास्थ्यमा अलिक सुधार आउला।आफन्तसङ्ग विबाद हुने योग छ।शत्रुबाट जोगिएर अगाडि बढ्नुपर्ने देखिन्छ। गौरीशंकर भगवानको आराधना गर्दा शुभ हुनेछ।(राशी स्वामी-गुरु/शुभ रंग-पहेँलो)

ज्यो.मिलनकृष्ण पोखरेल भरतपुर-१० चितवन

Comments are closed.