काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ ।शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।
होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
“पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्योगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरुसँग मेरो थप सहयोग र सहकार्य रहनेछ ।
मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ ओटा रुमसहितको यो होटलमा ५० शैंयाको सुविधा छ ।
दुइसय जनाभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,” अध्यक्ष श्रेष्ठ बताए ।उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्योगमा ठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.