सभापतिमा उठ्ने इच्छा छ, मैले मात्रै भनेर हुँदैन : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् ।विराटनगर विमानस्थलमा पत्रकारसँग बोल्दै यस्तो बताएका हुन् ।
उनले सभापतिमा उठ्न आफू इच्छुक भए पनि यसका लागि कार्यकर्ताहरूको सहयोग आवश्यक रहेको स्पष्ट पारे ।‘आगामी महाधिवेशनमा सभापतिमा उठ्ने मेरो पनि इच्छा छ। तर, मैले मात्रै भनेर हुँदैन, कार्यकर्ताहरूले पनि साथ दिनुपर्छ, उनले भने ।

Comments are closed.