काठमाडौँ , भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोधसमेत गरे । उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’
उनले अहिले नेपालमा विभिन्न अनैतिक काम र भ्रष्टाचार भइरहेको कारण राष्ट्र जर्जरको अवस्थामा रहेको बताए । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ । उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन् । मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन ,गाई काट्न पाइँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन ।’उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।
Trending Now
- सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
- पत्रकारलाई प्रधानन्यायाधीशको आग्रह- समाचार सनसनीपूर्ण नबनाइदिनू
- अमेरिकामा क्यान्सरसँग संघर्षरत नेपाली युवा विवेक पंगेनीको उपचारका क्रममा हिजो दु:खद निधन
- Israel Expands Military Operations with Airstrikes in Yemen
- Knighthood awarded to director Christopher Nolan, becoming ‘Sir’ Christopher Nolan
- Russian oil spill pollutes 50 km of Krishna Sea coast
- गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
- TIPF agreement between Nepal and Korea
- At least 100 North Korean soldiers die in Ukraine war
- Again the date of Sunita and Butch’s return to Earth is uncertain
Comments are closed.