जिम्मेवारी सफलताका साथ पूरा गर्छु: नवनियुक्त प्रधानमन्त्री केपी ओली

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आफूले पाएको जिम्मेवारी सफलताका साथ पूरा गर्ने बताउनुभएको छ । ओलीनिवास बालकोटमा पत्रकारहरुसंग कुरा गर्दै नवनियुक्त प्रधानमन्त्री ओलीले बाढीपहिरोको समस्या अविलम्ब समाधान गर्ने गरी कदम चाल्ने बताउनुभयो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले आजै साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उहाँको बूढानीलकण्ठ चपलीस्थित निवासमा एक घण्टा छलफल गर्नुभएको थियो । अहिले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन एमालेका शीर्ष नेताहरुको बैठक ओलीनिवासमा बसिरहेको छ ।
बैठकमा नवनियुक्त प्रधानमन्त्री ओलीसहित शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेताहरु सहभागी हुनुहुन्छ ।

Comments are closed.