काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए । “प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा मन्त्री फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ,” उनले भने ।
मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जाने बताउँछन् ।
एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो ।
Trending Now
- FIVB President Dr. Ary S Graça Conferred KISS Humanitarian Award
- UNRWA Chief Warns of Spreading Hunger Crisis in Gaza
- India, Nepal, and Bangladesh have signed a trilateral agreement to export 40 megawatts of electricity from Nepal to Bangladesh via India’s power grid
- Nepal’s Economy Expected to Maintain Growth Momentum
- IMF Staff Concludes Visit to Bangladesh
- His Excellency Dr Thani Ahmed Al Zeyoudi, Minister of State for Foreign Trade of United Arab Emirates called on Hon Foreign Minister Dr Arzu Rana Deuba
- Foreign Minister Dr Arzu Rana Deuba addressed the Second Meeting of Asia Cooperation Dialogue (ACD) Business Forum in Doha
- 228 people lost their lives and 25 missing in Nepal floods and landslides
- IMF Delegation to Arrive in Colombo for Talks on Third Tranche of Ongoing Programme and Future Direction
- Iran launched nearly 200 missiles on Israel
Comments are closed.