काठमाडौँ- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै १७–१७ वर्षको जेल सजाय सुनाएको छ ।
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार उनीहरुलाई जनही एक करोड ६४ लाख रुपैयाँ जरिवानासहित जेल सजाए सुनाएको हो ।
जरिवाना नतिरे थप जेल सजाय भोग्नुपर्नेछ। हाल इमरान खान रावलपिन्डीस्थित अडियाला जेलमा बन्दी छन्
अदालतले इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्ष तथा भ्रष्टाचार रोकथाम ऐनको धारा ५(२) अन्तर्गत थप सात वर्ष गरी कुल १७ वर्षको सश्रम कारावासको सजाय सुनाएको हो ।
उनकी पत्नी बुसरा बिबीलाई पनि सोही प्रावधानअनुसार समान सजाय सुनाइएको छ।
एजेन्सी ।






