फ्रान्समा १० वर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने व्यक्ति पक्राउ

पेरिस । फ्रान्समा एक व्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् । उनी आफ्नी श्रीमतीलाई अरू पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाइएको छ ।

आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० वर्षअघि विवाह भएको थियो । सन् २०११ देखि उनले श्रीमतीलाई डिनरमा एन्टी एन्जाइटी औषधि खुवाउने गरेपछि श्रीमतीले बेहोस हुन्थिन र त्यही बेला उनी सुते पछि घरमा मानिसहरूलाई बोलाएर श्रीमतीलाई बलात्कार गराउँथे ।

आफ्नी श्रीमतीको बलात्कार गराउनका लागि उनले २६ देखि ७३ वर्षका ५१ पुरुषलाई बोलाएका थिए, जसलाई प्रहरीले बलात्कारको आरोपमा पहिचानसमेत गरिसकेको छ । प्रहरीले ती महिलामाथि भएका यौन दुब्र्यबहारका ९२ भिडियो प्रमाण प्राप्त गरेको छ, जसमा ८३ जना अभियुक्त देखिएका छन् । तर अहिलेसम्म ५१ जना मात्रै पहिचान गरी पक्राउ गरिएको फ्रान्सेली प्रहरी अधिकारीले जानकारी दिएका छन् .यी अभियुक्तले तीन वर्षअघि नै चेन्जिङ रुममा लुकेको क्यामेराबाट अर्की महिलाको भिडियो बनाएको रहस्य खुलेपछि उनलाई पक्राउ गर्दा यो डरलाग्दो बलात्कारको घटना उजागर भएको हो । यस घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनको ल्यापटपको खोजी गरेको थियो । जहाँ उनले ‘अब्यूज’ नामको फाइल सेभ गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार आरोपीको ल्यापटपमा सयौँ भिडियोहरू फेला परेका छन्, जसमा नाम, मिति र भिडियोमा खिचिएका कुराहरू उल्लेख गरिएको छ ।

श्रीमतीले बलात्कारको सुराक पाउन नपरोस् भनेर आरोपीले धेरै नियम बनाएका थिए । घरबाट अलि टाढा रहेको विद्यालय नजिकै बलात्कारीले कार पार्क गर्नुपरेको थियो । त्यसपछि अँध्यारो भएपछि छिमेकीले देख्न नपरोस् भनेर त्यहाँबाट हिँडेर अभियुक्तको घर पुग्नुपर्ने थियो ।

घरभित्र पस्ने बित्तिकै भान्सामा गएर लुगा फुकाल्नु पर्थ्यो । त्यसपछि अभियुक्तले घरमा आएका व्यक्तिलाई तातो पानीले हात धुन लगाइदिन्थे ताकि विभिन्न तापक्रमका कारण श्रीमती नउठुन् । साथै, पुरुषहरूलाई चुरोट पिउन र अत्तर लगाउन निषेध गरिएको थियो। यसो हुनुको पछाडिको कारण पनि एउटै थियो कि उनी गएपछि श्रीमतीलाई घरमा कसैको आगमनको खबर थाहा नहोस् ।

Comments are closed.