काठमाडाैं । पेट्रोल र डिजेलको भाउ बढेको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाइएकाे नेपाल आयल निगमले जनाएकाे छ ।
निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेकाे छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएकाे निगमले जनाएको छ ।
Comments are closed.