काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी, माग पूरा गर्न विद्यार्थी संगठनको माग

काभ्रे । धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालय (केयू) को स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्समा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीले तालाबन्दी गरेका छन् ।
धुलिखेल ४ मा रहेको विश्वविद्यालयमा तालाबन्दी गरिएको हो । विज्ञप्ति जारी गर्दै युनियनले प्रशासनलाई विश्वविद्यालयमा भएको अनियमितताका विषयमा बुझाएको मागपत्र र छात्रवृत्ति वितरणमा भएको सिन्डिकेट कायमै रहेको भन्दै तालाबन्दी गरेको जनाएको छ । युनियनले आफ्ना माग सम्बोधन गर्न विश्वविद्यालयलाई भनेको छ ।माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम गर्ने विज्ञप्तिमार्फत चेतावनीसमेत दिइएको छ ।

Comments are closed.