वेष्ट इण्डिजविरुद्धको टेस्ट र वान डे श्रृंखलाका लागि भारतीय टोली घोषणा

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले वेष्टइण्डिजबिरुद्ध हुने टेस्ट र एकदिवसिय क्रिकेट लागि भारतीय टोलीको घोषणा गरेको छ ।

चयन समितिले दुई टेस्ट र तीन एकदिवसिय खेलको लागि अहिले टोलीको घोषणा गरेको हो । टी-२० टोलीको घोषणा भने गरेको छैन । भारतले वेष्टइण्डिजमा दुई टेस्ट, ३ एकदिवसिय र पाँच टी२० क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

चयन समितिले घोषणा गरेको भारतीय टेस्ट टोलीमा शिर्ष क्रमका ब्याट्सम्यान यशस्वी जयसवाल र फास्ट बलर मुकेश कुमारलाई टेस्ट टोलीमा समावेश गरेको छ ।

डब्ल्युटीसीको फाइनलमा निरासाजनक प्रदर्शनपछि चेतेश्वर पूजारा र उमेश यादवलाई टोलीबाट बाहिर राखिएको छ । त्यस्तै लामो समयपछि नवदीप सैनी टेस्ट टोलीमा पर्न सफल भएका छन । त्यस्तै मोहम्मद शमीलाई ब्रेक दिइएको छ ।

भारतीय टेष्ट टोलीः रोहित शर्मा (कप्तान) शुभमन गिल, ऋतुराज गायकवाड, विराट कोहली, यशस्वी जयसवाल, अजिङ्के राहाणे (उप–कप्तान), केएस भरत, इशान किशन (विकेटकिपर), रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, मोहम्मद सिराज, मुकेश कुमार, जयदेव उनादकट र नवदीप सैनी रहेका छन् ।

त्यस्तै एकदिवसिय टोलीः रोहित शर्मा (कप्तान) शुभमन गिल, ऋतुराज गायकवाड, विराट कोहली, सूर्यकुमार यादव, इशान किसन, सञ्जु सैमसन (विकेट किपर), हार्दिक पाण्डे, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, युुजवेन्द्र चहल, कुलदीप यादव, मोहम्मद सिराज, जयदेव उनादकट, उमरान मलिक, मुकेश कुमार र नवदीप सैनी रहेका छन् ।

भारत र वेष्टइण्डिजविच १२ जुलाई देखि टेष्ट र २७ जुलाई देखि एकदिवसिय क्रिकेट खेल हुँदैछ ।

Comments are closed.