Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

Editorial Team by Editorial Team
December 18, 2025
in Nepal, News
0
आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही: रुपन्देही उद्योग सङ्घको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बिहीबारदेखि बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आजबाट सुरु हुँदै छ ।
प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्ने भएका छन् । दिउँसो २ः१६ बजे हुने प्रदर्शनीको उद्घाटनका लागि आवश्यक सबै तयारी पुरा भएको छ ।
बुटवल मण्डपमा निमार्णाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरू रहने छन् ।
त्यसै गरी बनेका स्टलहरूलाई विभिन्न विधाका १० वटा पेभिलियनहरू निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । प्रदर्शनीको पूर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली निकालिएको छ ।
प्रदर्शनी स्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खा नगर हुँदै पुनः प्रदर्शनी स्थलमा आएर समापन भएको थियो ।
-यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५२ संघसंस्थाहरूको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरू, सल्लाहकारहरूको अगुवाईमा गरिएको -यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।
-यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरूलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना -यालीका संयोजक थानेश्वर पाण्डेले दिएको जानकारी अनुसार नेवाः संस्कृति संरक्षण समाज प्रथम, क्षेत्री समाज जिल्ला कार्यसमिति नेपाल द्वितीय, कालिका मानवज्ञान मा.वि. तृतीय र नेपाल लोक भजन चुटकिला संरक्षण प्रतिष्ठान, ग्रिल स्टील तथा आल्मुनियम व्यवसायी संघ रुपन्देही तथा स्कलर्सहोम सेकेण्डरी बोर्डिड्ड स्कूल बुटवल सान्त्वना भएका थिए ।
मूहलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक दिलिप सापकोटाले मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेका थिए ।
कार्यक्रम मुल समितिका संयोजक कृष्ण प्रसाद पराजुली सदस्य सचिव सुमन बस्यालको संचालन र औद्योगिक जनचेतना -यालीका संयोजक थानेश्वर पाण्डे लगायतले बोलेका थिए ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ संचालन हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को तयारी पूरा भएको र प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेस्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टल रहने प्रचार प्रसार संयोजक किरण खरेलले जानकारी दिए ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरूको साङ्गीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरू सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिए ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बिचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको सङ्कलन गरिने सचिव तथा परिचय पत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी बताए ।

 

Advertisement Banner
Previous Post

आईपीएल मिनी अक्सन : अनक्याप्ड युवा चम्किँदा प्रशान्तसहित नयाँ स्टारमाथि करोडौँको वर्षा

Next Post

Tuskers Khagendra Prasad and Rudrakali flown to Qatar

Editorial Team

Editorial Team

Next Post
Tuskers Khagendra Prasad and Rudrakali flown to Qatar

Tuskers Khagendra Prasad and Rudrakali flown to Qatar

Recommended

Samsung Q900 8K TV Review: An Amazing Glimpse Of 8K’s Potential

4 years ago
6.1 magnitude earthquake jolts Afghanistan, Over 1000 killed and 1500 injured

6.1 magnitude earthquake jolts Afghanistan, Over 1000 killed and 1500 injured

4 years ago

Don't Miss

US President Trump says Washington not ready for any deal with Tehran as US and Israel launch fresh attacks on Iran

US President Trump says Washington not ready for any deal with Tehran as US and Israel launch fresh attacks on Iran

March 15, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

March 15, 2026
होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्न अमेरिकाले युद्धपोत पठाउने

March 15, 2026
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो

March 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.