काठमाडौँ । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना सम्पन्न गरिएको छ । नेशनल कलेज धुम्बाराहीले आयोजना गरेको उक्त साहित्य महोत्सवको उद्घाटन नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका थिए । उद्घाटन सत्रमा वातावरण र साहित्य विषयमा प्रा.डा. सन्जीव उप्रेती र भारतका कवि प्रबलकुमार बसुले किनोट प्रस्तुत गरेका थिए भने काठमडौँ विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले र कवि लक्ष्मी मालीले मन्तव्य दिएका थिए ।
मिडिया : ब्रेकिङ अर मेकिङ रियालिटी, द लाइन एण्ड लेन्थ अफ आवर राइटिङ र रेलिजन, विमेन र लिटरेचर विषयमा डा. सुधिर सक्सेना, टङ्क ढकाल, सुमना नाजनिन, कमरुल हसन, केशव सिग्देल, महनाज बदिहियान, भिभिमारी भन्डेर पुर्तेन र छादोर वाङ्मोले क्रमशः शेखर खरेल, महेश पौडेल तथा डा. अर्चना थापासँग छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
प्यानल छलफलका साथै सीमाभन्दा पर, एशियाकविता वाचन र गद्य वाचनका समेत्र सत्रहरू रहेको महोत्सवमा नेपालसहित भारत, बङ्लादेश, भुटान, श्रीलङ्का, कम्बोडिया र अमेरिकाका सयभन्दा कवि÷लेखकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन साँझमा नेशनल कलेजका विद्यार्थीहरूले कवितापाठ तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य भीष्म उप्रेतीले दिनुभएको थियो ।
कार्यक्रमको तेस्रो दिन नेशनल कलेजले विदेशबाट आएका कवि÷लेखकहरूलाई भक्तपुर शहरको अवलोकन गराएको थियो । साहित्य महोत्सवलाई प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, ज्योति विकास बैंक, नेपाल विमा संस्थान, महालक्ष्मी विकास बैंक, गोर्खाज फाइन्स लिमिटेड र जरा फाउन्डेसनले प्रायोजन गरेका थिए ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.