काठमाडौं, देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएको हो ।
आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहवी, लाहान र डोटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।
“इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ”, आइस्पानले जनाएको छ ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत् कटौती गर्न थालेको छ । बक्यौता रकम भुक्तानीका लागि पटक/पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.