आईपीएल : दिल्लीले लखनउलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई १९ रनले पराजित गरेको छ ।जारी सिजनको आईपीएलमा आफ्नो लिग चरणका सबै खेल खेलिसकेको दिल्लीले प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । लखनउलाई पनि १७ मेमा हुने मुम्बईविरुद्ध ठूलो अन्तरको जित हासिल गर्दै अरु खेलको नतिजामा समेत भर पर्नु पर्नेछ ।
अरुण जेट्ली स्टेडियममा लखनउले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले घरेलु मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।
दिल्लीका लागि अभिशेक पोरेलले सर्वाधिक ५८ रन बनाए भने ट्रिस्टन स्टब्सले ५७ रन जोडे । साई होपले ३८ तथ कप्तान ऋषभ पन्तले ३३ रन बनाए ।
लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १-१ विकेट लिए ।जवाफमा लखनउले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन मात्रै बनाउन सक्यो । लखनउका लागि निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । अर्षद खानले ५८ रन जोडे । दिल्लीका लागि ईशान्त शर्माले ३ विकेट लिए । उनी प्लेयर अफ द म्याच चुनिए ।
यो जितसँगै लिग चरणका सबै खेल खेलेको दिल्लीले १४ खेलमा १४ अंक जोडेको छ । एक खेल बाँकी रहेको लखनउको १२ अंक छ । आईपीएलमा आज राजस्थान रोयल्स र पञ्जाव किङ्स प्रतिस्पर्धा गर्दैछन् ।

Comments are closed.