काठमाडौँ – सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ को रुपमा छानिएको छ।
बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशन, को शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस) को ट्रेनिंग तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’ हरु संचालन गर्न अनुमति पाएको छ।
आफ्नो स्थापना भएदेखि नै जेनेस एकेडेमी (www.genesecloud.academy) ले नेपालको प्राविधिक क्षेत्रमा उच्च गुणस्तरको प्रशिक्षण तथा सीप विकास कार्यशालाहरु आयोजना गर्ने संस्थाको रुपमा पहिचान बनाएको छ। विश्वमै कहलिएका साझेदारहरुसंगको सहकार्यद्वारा एकेडेमीले ‘टेक इकोसिस्टम’ भित्र युवाहरुलाई प्रशिक्षण दिनुको साथै उनीहरुको सीप विकासमा सघाउने लक्ष लिएको छ।
“हामीले स्थापनाकाल देखि नै पठनपाठनको परम्परागत शैलीमा क्रान्तिकारी परिवर्तन ल्याउने प्रयास गरेका छौं,” जेनेस एकेडेमीकी संचालन कार्यकारी आस्था शर्माले भनिन्। “यसभन्दा पहिले पनि हामीले नेपालमै पहिलो पटक अमेजन एकेडेमीको विश्वस्तरको पाठ्यक्रम नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएर महत्वपूर्ण उपलब्धि हासिल गरेका थियौं।”
“नेपालमा औपचारिक रुपमा ‘एडब्लुएस ट्रेनिंग पार्टनर’ कार्यक्रम शुरु हुनु जेनेस एकेडेमीको लागि मात्रै नभएर नेपालकै लागि एउटा महत्वपूर्ण कोशेढुंगा हो। अमेजनसंगको साझेदारीले हाम्रो प्रतिबद्धता थप बलियो बनेको छ। हामी युवाहरुलाई उच्च गुणस्तरको प्रशिक्षण र तीव्र गतिमा विकास भैरहेको प्रविधिको क्षेत्रमा आवश्यक सीपहरु प्रदान गर्न लागि परेका छौं,” शर्माले भनिन्।
जेनेस एकेडेमीले यो साझेदारीले इच्छुक विद्यार्थीहरु र सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरुलाई एउटै छातामुनि ल्याउने एकेडेमीको भनाइ छ। यो क्रान्तिकारी प्रविधिद्वारा आफ्नो सीप विकास गर्न चाहने जोसुकै प्रशिक्षणमा सहभागी हुन सक्ने एकेडेमीले जनाएको छ।
Trending Now
- Taylor Swift becomes top woman of the year, earning $2 billion from music
- The Story of Drawing: An Alternative History of Art’ declared Book of the Year
- पोखरामा अन्जान एकल साँझ सम्पन्न
- Sichuan Airlines plane arrives in Pokhara with 126 passengers.
- Trump is serious about the Panma Canal and Greenland
- On Christmas Eve, Pope Francis launched the ‘Jubilee Year-2025’.
- कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
- Looking back at 2024 elections across the globe
- उद्धव सापकोटाको निबन्धसंग्रह “संस्मरणमा जीवन यात्रा” सार्वजनिक
- यो सरकारले पनि आमनागरिकको अपेक्षाकृत ढङ्गबाट काम गर्न सकेन भने अरू आशा गर्न सक्ने परिस्थिति हुँदैन : प्रदीप पौडेल
Comments are closed.