Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

बकैया–कला साहित्य महोत्सव–२०७८ समापन

himalaya Diary News Service by himalaya Diary News Service
March 14, 2022
in Feature, Literary Festival & Event, Literature
0
बकैया–कला साहित्य महोत्सव–२०७८ समापन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

मकवानपुर, २८ फागुन, आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुइदिने बकैया–कला साहित्य महोत्सव–२०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै समापन भएको छ ।

महोत्सवमा ६ प्रदेशका २०  जिल्लाका तथा स्थानीय साहित्यकर्मी, कलाकर्मी, सङ्गीतकर्मी, स्थानीय संस्कृतिकर्मी तथा स्थानीयहरू गरी सयौँको उल्लेखनीय उपस्थिति रहेको थियो । बकैया गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा बुद्ध मावि, बकैया–३ हात्तीसुँडेको सहकार्यमा सोही विद्यालयको प्राङ्गणमा यो महोत्सव आयोजना भएको हो ।

महोत्सवको पहिलो दिन विभिन्न १० व्यक्ति तथा संस्थालाई विविध विधाका पुरस्कार तथा सम्मानहरू समर्पित गरिएको थियो । सोही दिन साङ्गितिक साँझसमेत आयोजना भएको थियो । त्यस अवसरमा मकवानपुरका ईश्वर खड्का, प्रमेन्द्र महर्जन, राज घिमिरे तथा पर्साका अजमत अली अन्सारी लगायतका गायक तथा संगितकर्मीहरूको साथ रहेको थियो । महोत्सवका दुवै दिन जिल्ला तथा जिल्लाबाहिरका साहित्यकारहरूका विविध विधाका साहित्यिक सिर्जनाहरूको साथमा स्थानीय साङ्गीतिक–साँस्कृतिक प्रस्तुति÷झाँकी,खैँजडी भजन आदिसमेत महोत्सवका आकर्षण रहेका थिए ।

साहित्यिक तथा गैरसाहित्यिक पुस्तकहरूको प्रदर्शनी तथा स्कुले विद्यार्थीहरूको चित्रकला प्रदर्शनीले पनि महोत्सवको रौनक थपेको थियो ।

महोत्सवकै क्रममा झसाप उपाध्यक्ष विश्वनाथ सञ्जेलको ’फर्कियौ किनारबाट’ नामक गजल सङ्ग्रह समेत विमोचन भएको थियो । साथै महोत्सवमा पठन संस्कृति अभियन्ता सुरेश श्रेष्ठको अगुवाइमा ’पुस्तकालय अभियान मकवानपुर’ द्वारा ’हात्तीसुँडे सार्वजनिक पुस्तकालय’को स्थापनार्थ पुस्तकहरू सङ्कलन भएका थिए ।

कार्यक्रमको अर्को विशेष आकर्षण साहित्यिक तथा सामयिक बहसहरू समेत थिए । महोत्सवमा सिर्जनामा स्थानीय रङ, विद्यालयः सिर्जनशील सिप विकासको केन्द्र, स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यासः कति सहज कति असहज’,  स्थानीय सरकार सञ्चालनका पाँच वर्षः कति सफल कति असफल विषयक चारवटा छुट्टाछुट्टै बहसहरू समेत सञ्चालन भएका थिए ।

बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, मकवानपुरे अग्रज साहित्यकारहरू तुलसी थापा, आरसी रिजाल,  निमेष निखिल साथै झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकारहरू, पुरस्कार संस्थापकहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सामाजिक अगुवाहरु,  जिल्लाभरिका विभिन्न विद्यालयहरूबाट सयौंको संख्याका बालबालिकाहरू, सयौंको संख्यामा स्थानीय बासिन्दाहरू लगायतको दरिलो उपस्थितिले महोत्सवलाई झनै भव्य बनाएको थियो ।

Advertisement Banner
Previous Post

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

Next Post

शार्दूलविक्रीडित छन्द; ‘तातो छ पानी जहाँ’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
शार्दूलविक्रीडित छन्द;  ‘तातो छ पानी जहाँ’

शार्दूलविक्रीडित छन्द; ‘तातो छ पानी जहाँ’

Recommended

Nepal Oil Corporation (NOC) and Indian Oil Corporation (IOC) have advanced two major petroleum pipeline and storage projects worth Rs 24.5 billion

Nepal Oil Corporation (NOC) and Indian Oil Corporation (IOC) have advanced two major petroleum pipeline and storage projects worth Rs 24.5 billion

5 months ago
निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

निरञ्जना चन्द ‘निरू’ को ‘वनफूलको विद्रोह’ कवितासंग्रह लाेकार्पण

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.