काठमाडौँ –– ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा रहेको कर्मनाशा खोला किनार आफ्नो नाममा ल्याएर बेचबिखन गरेको भेटिएको छ । कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।कर्मनाशाले धार परिवर्तन गरेपछिको बगर उनीहरूले नापी र मालपोतमा ‘सेटिङ’ मिलाएर आफ्नो नाममा ल्याएका हुन् । जग्गा सुरुमा ठेचो घर भएकी सुजिता खड्काको नाममा आएको देखिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले बताए । खड्काले सो जग्गा पछि बेचबिखन गरेको भेटिएको छ ।जग्गा किर्ते गरेको आरोपमा पक्राउ पर्नेमा सुजिता खड्का, राधेश्याम श्रेष्ठ, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, राजु महर्जन र सनम महर्जन छन् । नेपालको एकमात्र उत्तर तर्फ बग्ने खोला कर्मनाशाको बगर व्यक्तिको नाममा लिनेहरू लाई १० दिनअघि पक्राउ गरेर ललितपुर प्रहरीले किर्ते सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
जितलाल महर्जनको नाममा साविक इमाडोल गाविसमा १८४ कित्ता नम्बरको १० आना जग्गा थियो । भुमाफियाहरुले नापी कार्यालयर र मालपोतमा ‘सेटिङ’ मिलाएर बढ क्षेत्रफल कायम गरेर ४ रोपनी ४ आना बनाए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सो मध्येबाट २०६८ वैशाखमा ५ आना कित्ताकाट गरेर सुजिताको नाममा गएको थियो । सो त्यो ५ आना जग्गाको लालपुर्जामा उल्लेखित जग्गाको क्षेत्रफलमा रोपनीतर्फ जिरो भएका ठाउँमा १ थपेर १ रोपनी ५ आना कायम गरेको पाइएको छ । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘सो जग्गालाई फेरी कित्ताकाट गरेर २ आना दुई पैसा सुजिताकै नाममा राखेर राधेश्यामको नाममा १ रोपनी १२ आना २ पैसा पास गरेको देखिन्छ ।’पहिलेको १ रोपनी ५ आनालाई कित्ताकाट गर्नेबेला फेरी बढाएर १० आना बनाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.