काठमाडौं। कर्णालीकै पहिलो लक्जरियस रिसोर्ट ‘रारा रिसोर्ट’को औपचारिक शिलान्यास भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै एक्स्पर्ट ग्रुप र रारा होल्डिङ्सले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीबाट औपचारिक रूपमा शिलान्यास गरेका हुन्।एक्स्पर्ट होल्डिङ्सका सिइओ सञ्जीव शर्माले होटलमा लगानी प्रतिफल मात्र नभई मुलुकको पर्यटन प्रवर्धनको उद्देश्य रहेको बताए। उनले रारामा वार्षिक चार लाख पर्यटन भित्र्याउने उद्देश्य रहेको बताए। नेपालका लागि अस्ट्रेलियन राजदूत लिआन जोन्स्टोनले रारा रिसोर्टमा गरिएको वैदेशिक लगानी कोसेढुङ्गा बन्ने बताइन्।एक्स्पर्ट ग्रुप र रारा होल्डिङबिच सात महिना अगाडि लगानी सम्मेलनमा निर्माण सम्झौता भएको थियो। दुई वर्षभित्र निर्माण पूरा गरेर होटल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
Trending Now
- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: निर्माणको क्रममा १४ अर्बको घोटाला
- करिब चार अर्ब युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
- अमानवीय र जघन्य द्वन्द्वकालिन अपराधलाई माफी दिन सकिँदन : प्रधानमन्त्री
- ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक
- पलेंटी साँझमा कवि सिजन श्रेष्ठको एकल रचना वाचन सम्पन्न
- २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
- Yunus also on Time’s list of 100 influential people along with Trump
- रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- ट्रम्प प्रशासनलाई अदालतको अवहेलना मुद्दा लगाउने चेतावनी
- २२ लाख बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाइने
Comments are closed.