काठमाडौँ — काठमाडौँ विश्वविद्यालयले विदेशमा अध्ययन पुरा गर्न नपाएका विद्यार्थीहरूलाई पढ्न दिने भएको छ । त्यसका लागि विश्वविद्यालयले ओपन हाउस छलफलको आयोजना गरेको छ ।
विविध कारणले विदेशका विश्वविद्यालयमा अध्ययनलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई नेपालमै पढ्न चाहेको खण्डमा क्रेडिट ट्रान्सफरको अवसर दिने भएको हो । त्यही विषयमा छलफल गर्न ओपन हाउस छलफलको आयोजना गरेको हो ।
विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन निरन्तरतामा विविध कारणले समस्या भोगिरहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गर्न यथासम्भव सहयोग गर्ने उद्देश्यले वस्तुस्थिति बुझ्नका लागि विश्वविद्यालयले छलफल गर्न लागेको हो ।
विदेशी विश्वविद्यालयमा अध्ययन गरिसकेका विधा र विषयहरूमा काठमाडौँ विश्वविद्यालयको नियमानुसार योग्य विद्यार्थीहरूले क्रेडिट ट्रान्स्फर एवं क्रेडिट सङ्कलन (Credit Accumulation) प्रक्रियामार्फत अध्ययन निरन्तरता सम्बन्धी फागुन १६ गते छलफल गर्न लागेको हो ।
यसअघि पूर्वाञ्चल विश्वविद्यालयले समेत विदेशमा अध्ययन पुरा गर्न नसकेका विद्यार्थीहरूलाई क्रेडिट ट्रान्सफर गर्न दिने निर्णय गरेको थियो । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा भएको दमनपछि नेपाली विद्यार्थीहरू नेपाल फर्किरहेका छन् ।
उनीहरूले तत्काल सोही विश्वविद्यालयमा गएर पढ्न सकिने वातावरण नभएको बताउँदै आएका छन् । विद्यार्थीहरूको उक्त समस्यालाई मध्यनजर गर्दै नेपाली विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफरको सुविधा दिन लागेका हुन् ।
Trending Now
- म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, बैंककसम्म धक्का महसुस
- Six tourists feared dead after submarine sinks in Red Sea
- Canadian Prime Minister Carney says all old ties with the US are over
- कुलमान घिसिङको रिटमाथि सुनुवाइ सुरु
- प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
- शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख :टुंगिएन ओलीले जवाफ दिने विषय
- काठमाडौंमा आज उच्च सुरक्षा सतर्कता
- एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : उच्चस्तरीय समिति अध्यक्ष घले
- नानीबाबा अधिकारीको “मायामा माया” मुक्तकसंग्रह विमोचन
- आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा शक्ति प्रदर्शन
Comments are closed.