Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

Editorial Team by Editorial Team
November 23, 2025
in Entertainment, Nepal, News
0
खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, गीतकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक भएको छ। डा.यज्ञश्वर निरौलाको प्रमुख आतिथ्यमा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। विशिष्ठ गायिका ज्ञानु राणाको स्वरमा रहेको गीत महाकाव्यकार दाहालको कृति ‘योद्धा’ मा रहेको काव्यलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत गरेका हुन्।
मिलापको आयोजनामा साहित्यकार लेखनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गीता अधिकारीले स्वागत मन्तव्य राख्दै मिलापका पछिल्ला कार्यको चर्चा गरेकी थिइन्। कीर्तिमानी संगीतकार श्रेष्ठले काव्यबाट लिएको हुनाले आफूहरूले छन्दभंग नहुने गरी गीत तयार पारिएको बताए।
डा. बुनु दाहालले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वबारे आफू परिचित रहेको बताउँदै उनका साहित्य सिर्जनाको विशिष्ट गुण रहेको आफूले पाएको बताइन्।
यस्तै विशिष्ठ कलाकार उत्तम केसीले गीतका शब्द अत्यन्तै मार्मिक रहेको बताउँदै ‘आमा’ शब्दमा रचना गरिएको गीत उत्कृष्ट रहेको बताए।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले साहित्यमा एउटा उचाइ प्राप्त गरेको व्यक्त दाहाल गीतकारका रूपमा पनि त्यत्तिकै सशक्त देखिएकाे बताए।
जनकविकेशरी धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन थापाले गीतको समीक्षा गर्दै एउटा उत्कृष्ट गीत श्रोता/दर्शकमाझ आएको बताए। पछिल्लो समय यस्ता शब्दमा गीत नआउने गरेको गुनासो गर्दै वरिष्ठ गायिका राणाले महाकाव्यकार दाहालका उत्कृष्ट शब्द रचना रहेको बताए।
महाकाव्यकार दाहालले आफूले ‘योद्धा’ काव्यमा समावेश गरेका पंक्तिलाई सन्तोष र ज्ञानु दिदीको सहकार्यमा यो गीत रकेर्ड गरिएको बताए। ‘योद्धा’ काव्य कसरी तयार भयो भन्ने सन्दर्भ उनले प्रस्तुत गरेका थिए।
मिलापका सम्पादक कृष्ण भुसालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि डा. निरौलाले ‘योद्धा’ काव्यको चर्चा गरे। उनले महाकाव्यकार दाहालका कृतित्व र व्यक्तित्वबारे भनाइ राखेका थिए।
संगीत र काव्यको सजीव संयोजनले तयार भएको ‘बित्छ बिहान आमाको’ आमाप्रतिको प्रेम मात्र नभएर, नेपाली साहित्य र संगीतको साझा पहिचानको प्रतीक बन्न सफल भएको डा. निरौलाको भनाइ थियो। ‘योद्धा’ काव्यलाई महाकाव्यका रूपमा ल्याउन उनको सुझाव थियो।
राजु कार्कीको संगीत संयोजन ‘बित्छ बिहान आमाको’ मा दिल समर्पणको संगीतसञ्चयन, प्रकाश मिश्रको संगीत सम्पादन छ। अकस्टिक नेपाल संगीतसञ्चयन कक्ष रहेको यो गीतको भिडियोलाई त्यही नै राजन खरेलले सम्पादन गरेका हुन्।
महाकाव्यकार खेमनाथको २०६० सालमा प्रकाशित काव्य कृति हो ‘योद्धा’। यसै योद्धाबाट केही दिनअघि ‘लाली गुराँसको साटो’ गीत सन्तोषको स्वर र संगीतमा सार्वजनिक भएको थियो। यस्तै उहाँको ‘स्वेतपत्र’ महाकाव्यबाट पनि सन्तोषको स्वर र संगीतमा ‘बुद्धको देश नेपाल’ श्रोतादर्शकमाझ आएको छ।
लाब्री, तेह्रथुमका साहित्यकार दाहालका ‘श्वेतपत्र’ (महाकाव्य), ‘रश्मि’ (खण्डकाव्य), ‘श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु’ जस्ता कवितासंग्रह, ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास र ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह उनकाप्रकाशित कृति छन्।

Advertisement Banner
Previous Post

Beautiful Shailung attracts domestic and foreign tourists

Next Post

अनेसास कोलोराडो शाखा प्रकाशनद्वारा ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति प्रकाशित

Editorial Team

Editorial Team

Next Post
अनेसास कोलोराडो शाखा प्रकाशनद्वारा ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति प्रकाशित

अनेसास कोलोराडो शाखा प्रकाशनद्वारा ‘दृष्टिबिम्बमा ब्राजाकी’ कृति प्रकाशित

Recommended

उदयपुर सिमेन्ट उद्योग घोटाला : अख्तियारको अभियोग कागजमा बढी, गोदाममा कम भ्रष्टाचार

उदयपुर सिमेन्ट उद्योग घोटाला : अख्तियारको अभियोग कागजमा बढी, गोदाममा कम भ्रष्टाचार

2 months ago

Pringles Made Chips Flavored Like Every Course of a Thanksgiving Dinner

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.