काठमाडौं । वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।संघको नयाँ कार्यसमितिका लागि उम्मेदवार दिने म्याद सोमबारसम्म रहेकोमा अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चयन भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । उनको उम्मेदवारी फिर्तासँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भएको संघका सीईओ अनिल शर्माले जानकारी दिए ।
संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।
संघमा तीनजना सदस्यको पद खाली रहेकोमा त्यसमा एभरेस्ट बैंकका सुदेश खालिङ, कुमारी बैंकका रामचन्द्र खनाल र नेपाल बैंकका तिलकराज पाण्डेयको उम्मेदवारी परेको शर्माले जानकारी दिए । उनीहरू पनि सर्वसम्मत रूपमा सदस्य चयन भएका छन् । खालिङ अहिले पनि सदस्य रहेकोमा दोहोरिने भएका हुन् ।संघको नयाँ कार्यसमिति चयनबारे औपचारिक घोषणा हुन भने बाँकी छ । बुधबार बस्ने संघको साधारणसभाले नयाँ कार्यसमिति चयन भएको औपचारिक घोषणा हुनेछ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.