काठमाडौं- उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।उनीहरुबीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको हो । उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका मन्त्री घिसिङ बालेनसँग भेट भएको तस्विर साझा गरेका छन् ।
भेटवार्ताको तस्विर साझा गर्दै मन्त्री घिसिङले भनेका छन्, ‘देश बनाउने अभियानमा हामी एकसाथ छौँ।’साथै, बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा पनि गहन छलफल भएको जनाइएको छ ।






