Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन

Editorial Team by Editorial Team
March 20, 2026
in Business, Nepal, News
0
लामिनारको दुई शोरुम भक्तपुरमा सञ्चालन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपालको तीव्र गतिमा विस्तार हुँदै गएको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुरमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुमहरू सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्रस्थित पञ्चदेवल सप्लायर्समार्फत सञ्चालनमा आएका हुन्। लामिनारले आठ कलेक्सन अन्तर्गत ५५० भन्दा बढी डिजाइन सहित नेपालकै फराकिलो टायल संग्रह बजारमा उपलब्ध गराएको जनाएको छ।

शोरुमहरूमा आवासीय घर, होटल तथा आतिथ्य क्षेत्र र व्यावसायिक परियोजनाका लागि उपयुक्त पानी नसोस्ने तथा अभेद्य टायलहरू प्रदर्शनमा राखिएका छन्।
मार्बल शैलीका डिजाइन, आधुनिक ढुङ्गा बनावट र प्रिमियम पोलिस सतहका टायलहरू यहाँ अवलोकन तथा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार पोलिस्ड मार्बल तथा ओनिक्स श्रृंखलामा १०४ भन्दा बढी ग्लस युनिट भएको उच्च चमकदार सतह प्रयोग गरिएको छ, जसले ऐनाजस्तै चम्किलो प्रभाव प्रदान गर्छ । यस्तो सतह विशेषगरी लक्जरी भिला, होटल तथा बारका लागि उपयुक्त मानिन्छ ।

त्यस्तै, केही टायलहरूमा पीईआई–५ घर्षण प्रतिरोध, मोह्स ९ कठोरता तथा आर–१२ नचिप्लने सतह जस्ता विशेषताहरू समावेश गरिएका छन्, जसले बढी आवागमन हुने स्थानमा प्रयोग गर्न सहज बनाउँछ ।

समारोहमा बोल्दै सियाराम ग्रुपका निर्देशक हरिश जाजोडिया अग्रवालले लामिनारको प्रविधि, डिजाइन र गुणस्तरका कारण बजारमा विश्वास स्थापित भएको बताए। उनले नयाँ शोरुमले घरधनी, आर्किटेक्ट तथा डेभलपरहरूलाई टिकाउ टायल छनोट गर्ने अवसर प्रदान गर्ने उल्लेख गरे ।

पञ्चदेवल सप्लायर्सका निर्देशक उपेन्द्र शाहीले लामिनारका मार्बल शैलीका डिजाइन र पानी नसोस्ने प्रविधिले लक्जरी इन्टेरियरका लागि आकर्षक विकल्प प्रस्तुत गरेको बताए । उनका अनुसार ग्राहकहरू अहिले सौन्दर्य र दीर्घकालीन टिकाउपन दुवैलाई प्राथमिकता दिन थालेका छन् ।

शोरुम उद्घाटन गर्दै लामिनारका निर्देशक अभिनव चुरीवालले कम्पनीको लक्ष्य नेपालमै उत्पादन हुने अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय सतहहरू उपलब्ध गराउनु रहेको बताए।

बर्दियास्थित उच्च क्षमतायुक्त उद्योगमा इटालीको ग्लेज र स्पेनको डिजिटल इन्क प्रविधि प्रयोग गरी उत्पादन भइरहेको उनले जानकारी दिए ।

शोरुम सञ्जाल विस्तारसँगै लामिनारले देशभर आफ्नो बजार उपस्थिति अझ सुदृढ बनाउँदै लगेको छ। नेपालमै उत्पादन गरिएका विश्वस्तरीय गुणस्तरका भिट्रिफाइड टायलहरू विभिन्न प्रयोगका लागि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement Banner
Previous Post

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाईंदै

Next Post

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

Editorial Team

Editorial Team

Next Post
प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ

Recommended

European military deployment begins in Greenland

European military deployment begins in Greenland

3 months ago
सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

4 years ago

Don't Miss

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै

April 9, 2026
पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

पूर्वगृहमन्त्री लेखक पनि हाजिरी जमानीमा रिहा

April 9, 2026
गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

गुञ्जन साहित्य उत्सव २०८२ सम्पन्न

April 9, 2026
बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

April 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.