काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयमा ‘लाफ्टर फर लाईफ’ कार्यक्रम सकिएको छ ।प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा सो कार्यक्रम सकिएको हो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले प्रहरीले कर्तव्य पालनाको सिलसिलामा तनावको स्थिति सामना गर्नुपर्ने र आफ्नो दैनिकी व्यवस्थापनमा समेत समस्या भोग्ने गरेको हुँदा विशेष समय दिएर प्रहरीको दैनिक गतिविधिलाई मनोरञ्जनको रूपमा प्रस्तुत गरी साथ दिएकोमा कलाकार समुहलाई धन्यवाद दिए ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्रीलाई मायाको चिनो प्रदान गरे ।देश र जनताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई प्रहरी कार्यको सम्मानको लागि तथा व्यस्त जीवनको क्षणलाई राम्रो विश्रामको अवसरको रूपमा परिणत गर्न नेपाली हाँस्य कलाकार सन्दीप क्षेत्री तथा उनको समूहले उक्त कार्यक्रम प्रस्तुत गरेको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू एवम् प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.