मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

रामेछाप । रामेछापको मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई जना पाइलटको लाइसेन्स निलम्बन भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठको लाइसेन्स निलम्बन गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि उनीहरू दूबै जनाको लाइसेन्स निलम्बन गरिएको छ । सो घटनाको विषयमा क्यानले छानबिन  सुरु गरेको छ । पूर्ण छानबिन पछि उनीहरूको लाइसेन्स रद्द गर्ने वा अन्य सजायको निर्णय हुने क्यानले जनाएको छ ।

शुक्रबार बिहान तारा एयरका दुई क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठबिच विमानस्थलभित्रै कुटाकुट भएको थियो । रामेछापको मन्थली विमानस्थलबाट अहिले सोलुका लागि चार्टर फ्लाईट सञ्चालनमा छन् ।

Comments are closed.