काठमाडौँ । उज्जन श्रेष्ठ हत्या प्रकरणमा पुष्कर गौतमलाई दिइएको जन्मकैदको सजायलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
२०५५ सालमा भएको उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा दुई वर्षअघि ओखलढुंगा जिल्ला अदालतले गौतमलाई जन्म कैद सुनाएको थियो ।
माओवादी युद्धका बेला मारिएका ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरण द्वन्द्वकालीन घटना रहेकाले सफाइ पाउनुपर्ने दाबीसहित अभियुक्त पुष्कर गौतमले जेलभित्रैबाट २०७३ भदौ २० गते पुनरावेदन दिएका थिए ।
गौतमलाई जन्म कैदको ठहरसहित जिल्ला अदालतले तोकेको सजायलाई नै सर्वोच्चले सदर गरेको हो ।
विस्तृत शान्तिसम्झौताअनुसार द्वन्द्वकालीन घटना सत्यनिरूपण तथा मेलमिलाप आयोग (टिआरसी) बाट टुंग्याइनुपर्ने विषय रहेको दाबीसहित तल्लो अदालतबाट भएको जन्मकैदको सजाय उल्ट्याउन माग राखेका थिए ।
Comments are closed.