काठमाडौं । पाँच दशक अघिदेखि प्रकाशित साहित्यिक पत्रिका ‘अभिव्यक्ति द्वैमासिक’का संस्थापक सम्पादक तथा साहित्यकार नगेन्द्रराज शर्मा तथा संचारकर्मी एवम् साहित्यकार शरद प्रधानलाई दार्जिलिङमा नरपूर्ण साहित्यिक गुठीले सम्मानित गरेको छ ।
गुठीका संरक्षक एन.बी. क्षेत्री तथा नेपाली साहित्य सम्मेलनका पूर्वअध्यक्ष साहित्यकार प्रेम प्रधानले दुवै सर्जकलाई सम्मानित गरेका थिए ।
सोहीअवसरमा साहित्यकारहरू डा. गीता क्षेत्रीद्वारा लिखित ‘दृश्यानुभूति’ र डा. नकुल क्षेत्रीद्वारा सम्पादित ‘भारतीय नेपाली साहित्यको सय वर्ष’ गरी दुई पुस्तक लोकार्पित गरियो । दृश्यानुभूति विविध रचनाहरूको संगालो हो ।
कार्यक्रममा नेपाली साहित्यिक टोलीकातर्फबाट सम्मानित व्यक्तित्वहरू शर्मा र प्रधानसहित साहित्यकारहरू पवन आलोक, श्रीओम श्रेष्ठ ‘रोदन’ र देविका तिमिल्सिनाले मन्तव्य राखेका थिए ।
सोही अवसरमा कृतिकारहरू डा.गीता क्षेत्री, डा. नकुल क्षेत्री, डा. राजकुमार क्षेत्री, डा. सानु लेप्चा र डा. कमला तामाङले पनि नेपाली भाषा साहित्यका बारेमा बोलेको स्रष्टा समाजले जनाएको छ ।
Comments are closed.