शंकर लामिछानेको ९५ औँ जन्मजयन्ति  विशेष कार्यक्रम सम्पन्न

 

चैत्र ५, वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५ औँ जन्मजयन्ती समारोह उनकै योगदानमाथि चर्चा गर्दै सम्पन्न भयो ।शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नृत्यकारविद् तथालेखक भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान गरेकाथिए ।

समारोहमा मुरारी सिग्देलले भैरवबहादुर थापाको योगदानका विभिन्न पक्षबारे चर्चा गरेका थिए भने कोषाध्यक्ष पद्मावतीसिंहले प्रतिष्ठानमार्फत शङ्कर लामिछानेको बारेमा गतिविधिहरू बढेको बताए  ।

कार्यक्रममा कुलपति उप्रेतीले शङ्कर लामिछाने नेपाली निबन्धको क्षेत्रमा बिर्सी नसक्नु गुन लगाएको बताउँदै प्रतिष्ठानकोसक्रियताको प्रशंसा गरे ।

कार्यक्रमको दोस्रो सत्रमा शङ्कर लामिछानेको निबन्धकार व्यक्तित्वका विभिन्न पक्षमा विभिन्न साहित्यकार एवंसमालोचकहरूले विस्तृत चर्चा गर्रेका थिए ।

सो परिचर्चा कार्यक्रममा समालोचक प्रमोद प्रधानले देवकोटा, शङ्कर लामिछाने लगायतबाट पोषित आत्मपरकनिबन्धको फाँट पछिल्लो चरणमा कमजोर रहेको बताए  । उनले भने , “अहिले लेखकको संख्या बढेको देखिन्छ, तर‘स्रष्टा’ भने कम छन् ।’

समालोचक प्रा. ज्ञानु अधिकारीले अहिलेका विद्यार्थीहरू पुराना पुस्ताका गहनकृतिहरूमाथि शोधप्रबन्ध लेख्न नमान्नेगरेको बताउँदै  भनिन “नयाँ पुस्तालाई उत्कृष्ट कृति पढ्नका लागि पठन–संस्कृतिको विकास अपरिहार्य रहेको छ,उनलेशङ्कर लामिछानेको योगदानलाई कुनै पनि पुस्ताले बिर्सन नसक्ने धारणा राख़े  ।

निबन्धकार युवराज नयाँघरेले शङ्कर लामिछानेको योगदान नेपाली साहित्यका विशिष्ट रहेको बताउँदै उनको निबन्धकारव्यक्तिबाट पछिल्लो पुस्ताका निबन्धकारहरू पनि प्रेरित र प्रभावित भएको धारणा राख़ेका थिए ।

परिचर्चा कार्यक्रमका संयोजक साहित्यकार गोविन्द गिरी प्रेरणाले शङ्कर लामिछाने निबन्ध क्षेत्रका अतिरिक्त कथा, अन्तर्वार्ता, हाइकुलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको र कहिल्यै बिर्सन नसकिने स्रष्टा भएको बताए ।

कार्यक्रममा थाहा पुस्तकालयमा अध्यक्ष एवं गीतकार अस्मिता सुमार्गी र अनेसासका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासीराजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, प्राज्ञ माया ठकुरी, भागीरथी श्रेष्ठ, प्राडा सुरेन्द्र के.सी., नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडी, विमल भौकाजी, सुमन थापा सङ्गम, उपमा आचार्य, शङ्कर भारती, दिव्य गिरी, श्रीबाबु कार्की उदास, सविता ढुङ्गाना, संगीता शर्मालगायतको उपस्थिति थियो । यस्तै किशोर विश्वकर्मा, ज्योति दवाडी, शिव अधिकारी, कल्पना खरेल, संगीता शर्मा र सुशीला श्रेष्ठलगायतको पनि उपस्थिति थियो ।

Comments are closed.