मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्रलाई

काठमाडौं । यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्र पाँचथरलाई प्रदान गरिने भएको छ ।
मदन भण्डारी फाउण्डेसनले बुधबार काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै साे जानकारी दिएकाे हाे ।
असार १४ गते मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयाेजना हुने कार्यक्रम कञ्चनजंघा चिया बगान तथा अनुसन्धान केन्द्रलाई साे पुरस्कार प्रदान गरिने फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयाे । पुरस्कारकाे राशि एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र छ ।
०५६ सालमा स्थापित यस फाउण्डेसनले ०६८ सालदेखि हरेक वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएकाे छ ।

Comments are closed.