Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News India

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

Editorial Team by Editorial Team
January 28, 2026
in India, News
0
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो।
मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको बताइएको छ। दुर्घटनामा अजित पवारसँगै विमानमा एक पीएसओ, एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ।
अजित पवार जिल्ला परिषद् निर्वाचनका लागि आयोजना गरिएको सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए। यसअघि मंगलबार उनी मुम्बईमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेसहित अन्य अधिकारीहरूको पनि उपस्थिति थियो।
अजित पवार गैर–लगातार रूपमा महाराष्ट्रका सबैभन्दा लामो समय सेवा गरेका उपमुख्यमन्त्री थिए। उनले विभिन्न सरकारहरूमा छ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्देको मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए। उनको विवाह सुनेत्रा पवारसँग भएको थियो। उनका दुई छोरा जय पवार र पार्थ पवार छन्।
सन् १९८२ मा सहकारी चिनी कारखानाको सञ्चालक समितिमा निर्वाचित भएसँगै उनले राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९९१ मा उनी पुणे जिल्ला केन्द्रीय सहकारी बैंकको अध्यक्ष निर्वाचित भए। सोही वर्ष बारामती संसदीय क्षेत्रबाट पहिलो पटक लोकसभा सदस्य निर्वाचित भएका उनी पछि उक्त सिट आफ्ना काका शरद पवारका लागि खाली गरेका थिए।
अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए। उनले १९९१ को उपनिर्वाचन, त्यसपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए। नोभेम्बर २०१९ मा उनले एनसीपीमा विभाजन गराउँदै भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए । सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो।

Advertisement Banner
Previous Post

दल र उम्मेदवारले बैंकिङ प्रणालीमार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने निर्वाचन आयोगको कडा निर्देशन

Next Post

गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

Editorial Team

Editorial Team

Next Post
गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

गगनलाई सघाउन सांसद उम्मेवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

Recommended

Inaugural I2U2 meet focuses on food security crisis and clean energy

Inaugural I2U2 meet focuses on food security crisis and clean energy

4 years ago

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

3 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.