फागुन, काठमाडौं। यसवर्षको महाशिवरात्री मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोशाक र त्यतिकै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन् ।
महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो एक हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
यसवर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।
Comments are closed.