Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

himalaya Diary News Service by himalaya Diary News Service
December 20, 2025
in Business
0
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाउँदै विश्वास पुनुःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको बताउनु भएको छ ।

नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्यौलका कारण आर्थिक गतिविधि चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथि नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राख्नु भयो ।

हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग,  व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने धारणा राख्नु भयो । नेपालमा व्यवसायीले गरेको योगदानको चर्चा भन्दा नकारात्मक प्रचार बढी हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणामा परिवर्तन आवश्यक भएको बताउनु भयो । “देशमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रदर्शन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ ।” अध्यक्ष ढकालले भन्नुभयो ।

भाद्र २३ र २४ को गतेको प्रदर्शनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसाय देखि उद्यमी व्यवसायीका शयन कक्षसम्म आगो लागेको,  लुटपाट भएको र अर्बौको क्षति भएको अवस्थामा दण्डहीनताले प्रशय पाउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै उहाँले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाहरुबाट नेपालमै अवसर सिर्जना गर्नु पर्ने बताउनु भयो ।  उहाँले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने बताउनु भयो । अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपैंया पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरी काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने बताउनु भयो । उहाँले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राख्नु भयो ।

महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधी सहभागी गराएको बताउँदै यसमा प्रभावकारी सहभागिताको लागि जिल्ला नेतृत्व आग्रह गर्नु भयो । नवलपुर जिल्लामा कृषि, पर्यटन,  ऊर्जा र साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नु पर्नेमा समेत जाड दिनुभयो ।

Advertisement Banner
Previous Post

Ravi Lamichhane Released on Bail

Next Post

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

‘Nepal-Bangladesh Economic Cooperation’ organized by the Nepali Embassy in Rajshahi, Bangladesh

Recommended

Russia warns Lithuania of serious consequences after it banned rail transfer of some goods to Kaliningrad

Russia warns Lithuania of serious consequences after it banned rail transfer of some goods to Kaliningrad

4 years ago
Nepal Authorities inspect 51 firms as market monitoring steps up

Nepal Authorities inspect 51 firms as market monitoring steps up

1 month ago

Don't Miss

Durga Prasai arrested over spreading misleading election information

Durga Prasai arrested

March 1, 2026
Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

Nepal: 11,000 quintals of paddy purchased from farmers in Mahottari and Dhanusha in the past three months

March 1, 2026
Nepal’s insurance sector collected more than Rs 1.2 trillion in premiums during the first six months of the fiscal year

Nepal Life insurers record 13 percent premium growth

March 1, 2026
Investment Board Nepal to operationalize one-stop service center

Nepal Investment Board promotes digital economy collaboration

March 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.