काठमाडौं –– आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति नेकपा (एमाले)को घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको छ । मंगलबार (पुस २२) च्यासलमा बसेको बैठकबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरिएको हो ।
कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल सदस्य छन् । नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल पनि त्यसका सदस्य रहेका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।





