‘मनसरा’को गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक

काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गौतमको स्वर र सङ्गीत रहेको छ।

यसको भिडियोमा ‘मनसरा’का दधिराम पोखरेल अर्थात् अभिनेता प्रवीण खतिवडा र ‘तान्छो’ अर्थात् बाल कलाकार नेनाहाङ राईलाई प्रमुख बनाइएको छ। यसमा सन्तान सुख भोग्नबाट वञ्चित दधिरामलाई अभिनेत्री मिरुना मगरको छोरा बनेका पात्र तान्छोसँगको निकटतालाई प्रस्तुत गरिएको छ।

उपेन्द्र सुब्बा निर्देशित यस चलचित्रमा प्रवीण, मिरुनाका अलावा मेनुका प्रधान तथा दयाहाङ राईको पनि प्रमुख भूमिका रहेको छ।

गीत:

Comments are closed.