काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी (गगन) सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालत काठमाडाैंका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेता पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर गरेकाे हाे । अदालतले सजाय निर्धारणका लागि फागुन ६ गते पेसी तोकेको छ ।
गगन र उनकी श्रीमती केशावतीको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकाले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन् । माओवादी केन्द्रको कोशी प्रदेश कमिटीका काेषाध्यक्ष पुरी र उनकी श्रीमतीमाथि दमक नगरपालिका-१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको आराेप लागेकाे थियाे ।
साे जग्गाकाण्डमा गगन र केशावतीसहित मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरी विरुद्ध २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो ।
Comments are closed.