काठमाडाैं । आजदेखि शहीद सप्ताह सुरू भएकाे छ । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा सरकारले हरेक वर्ष शहीद सप्ताह मनाउँदै आएकाे छ ।
प्रजातन्त्र स्थापनाका लागि लड्दा तत्कालीन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडाैंको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।
प्रजातन्त्र स्थापना एवं पुर्नस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने ती शहीदको सम्झनामा हरेक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरेर सम्मान गर्ने गरिएकाे छ । याे वर्षकाे शहीद सप्ताहकाे अवसरमा काठमाडाैं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दैछ ।
सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा आयाेजना गरिएकाे छ । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको सम्झनामा उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते टेकुको पचलीस्थित खरिको रुखमा झुण्ड्याएर शुक्रराजलाई मृत्युदण्ड दिइएको थियो ।
शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनअधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदान स्मरण गर्नुभयाे । नेपाल भाषाको व्याकरण लेख्ने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै रहेको उहाँले बताउनुभयो ।
Trending Now
- Punjab Kings achieve record win in Indian Premier League cricket
- वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
- मोतीपुर–बबईको बोटिङ रोक्न आदेश
- प्रहरीको लाठीप्रहारबाट वीरगञ्जमा तीन पत्रकार घाइते
- १० वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित: प्रहरी
- सम्पत्ति शुद्धीकरणमा सोनियाँ र राहुल गान्धीविरुद्ध अभियोगपत्र दर्ता
- शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगकाे आग्रह
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
Comments are closed.