केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटघाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।
नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।

Comments are closed.