प्रधानमन्त्री दाहाल र आईसीसीका अध्यक्ष ग्रेग बार्कलेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाली क्रिकेटको विकासबारे छलफल भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
भेटवार्ताम प्रधानमन्त्री दाहालले आईसीसीका अध्यक्ष बार्कको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए । भेटघाटकामा नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Comments are closed.