एमाले उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग उपमन्त्री बिच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग उपमन्त्री सुन हाइयानबिच सोमबार बेइजिङमा भेटवार्ता भएको छ ।

भेटमा दुई पार्टीबिच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबिच अत्यन्त महत्त्वपूर्ण सम्झौता भएको विषयले प्रवेश पाएको थियो ।

सो क्रममा तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गर्नुभयो । तत्कालीन परराष्ट्र मन्त्री ज्ञवालीले सोही बेलामा नेपाल–चीनबिचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोन्नति भएको उल्लेख गर्दै विगतका सबै सहमति र सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

भेटमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।

Comments are closed.