काठमाडाैंमा भोलिदेखि मेलम्चीको पानी वितरण हुने

काठमाडाैं । काठमाडाैं उपत्यकामा भाेलिदेखि मेलम्चीको पानी वितरण हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुनेछ ।

खानेपानीमन्त्री महिन्द्रराय यादवलेसुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्नुभएकाे थियाे । उहाँले माघ १ गते बिहान ९ बजेदेखि काठमाडौंमा वितरण सुरु बताउनुभएकाे थियाे । अब बाह्रै महिना मेलम्चीको पानी वितरण हुने मन्त्री यादवकाे दाबी थियाे ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीका अनुसार अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा पानी वितरण गरिनेछ ।

गत साउन २७ र २८ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन समस्या भएको थियो ।

Comments are closed.