Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा

Editorial Team by Editorial Team
July 3, 2022
in Feature, Nepal
0
संस्कृतिविद् ग्रेगोरी जी.मास्कारिनेकको स्मृति सभा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

योगेश्वर स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा एक कार्यक्रम गरी नेपाली परम्परा, भाषा, संस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्व प्रा.डा. ग्रेगोरी जी.मस्कारिनेकको श्रद्धाञ्जली सभा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कवि एंव संस्कृतिविद् डा.तुलसी दिवसले ग्रेगोरीले जीवनको अमूल्य समय नेपाली भाषा,संस्कृतिको विकासका लागि महत्वपूर्ण समर्पण गरेको र नेपालकै उन्नति र प्रगतिका लागि आफ्नो महत्वपूर्ण समय बिताएका ग्रेगोरीको सम्मानका लागि उनको जीवनी प्रकाशित गर्नुपर्ने बताए । उनले त्यसका लागि योगेश्वर  स्मृति प्रतिष्ठानलाई आग्रह समेत गरे । दिवसले योगेश्वर स्मृति प्रतिष्ठानले ग्रेगोरी नेपाली भाषा, संस्कृतिको क्षेत्रमा गरेका कामलाई समेटेर संस्करणको पुस्तक प्रकाशन गर्ने र त्यसलाई अंग्रेजीमा सम्पादन गरेर अन्तराष्ट्रिय स्तरमा पुर्याउन सके ग्रेगोरीप्रतिको सम्मानले सही  आधार पाउने बताए । साथै ग्रेगोरीजस्तै विदेश वा स्वदेशबाटै त्यो क्षेत्रमा काम गर्ने व्यक्तिहरुका निमित्त सो पुस्तक अत्यन्त मूल्यवान हुने दिवसले दावी समेत गरे   ।

‘”मनको अँध्यारोलाई हटाएर उज्यालो बनाउने र ज्ञानको क्षितिजलाई फैलाउने क्रममा  ग्रेगोरीजस्ता व्यक्तिहरुको त्यो क्षेत्रमा मात्रै नभई दूर त्यो राष्ट्रमा बस्ने मानिसहरुको जीवनलाई समेत उज्यालो बनाइदिन्छ ।” उनले भने ।

ग्रेगरीलाई आदर, सत्कारमा मात्रै  नभएर हाम्रो समाजमा पछिसम्म बँचाइराख्न उनको जीवनी लेख्नै पर्नेमा जोड दिदैँ  यसमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने   साथै उनले यसका लागि आफूले सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए । ग्रेगोरीले गरेका कामका बारेमा मानवशास्त्र र समाजशास्त्रमा मात्रै नभइ लोकसाहित्य , संस्कृति र भाषाका विद्यार्थीलाई पनि समेटेर अगाडि बढाउनु पर्ने बताए ।

अतिथि स्रष्टा डा.अमर शाहले  गणीतको ग्राजुयटका क्रममा नेपाल आएका ग्रेगोरीसँग आफूले २ वर्षसम्म काम गर्ने अवसर प्राप्त गरेको बताउँदै ग्रेगोरीलाई सुरुमा धामीझाक्री र देउता लाग्ने भन्ने विषयमा रुची लागेको र आफ्नो रुची अनुसार नेपालको जाजरकोटमा बसेर धामीझाँक्री, भुतप्रेत लगायतका विषयमा अध्ययन गरेको उनले  बताए । उनलाई उक्त अध्ययनका लागि आफूहरुले भाषा सम्पादनको काममा सहयोग गरेको शाहले बताए ।

ग्रेगोरीले नेपाली परम्परा,संस्कृतिलाई अध्ययन गरेर १०० भन्दा बढी लेख विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित भएको र नेपाली भाषा,संस्कृतिमा योगदान पुर्याए बापत् उनलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको स्मरण गरे । उनका अनुसार ग्रेगोरीलाई नेपाली कला साहित्य डट.कम प्रतिष्ठानले नेपाल सम्मान,लेखनाथ प्रतिभा संरक्षण समितिले जाजरकोट सम्मान,विश्व बृहत बौद्धिक सन्त सम्मेलनका क्रममा योगी नरहरिबाट मानार्थ विद्यावारिधि र नेपाल प्रज्ञा प्रतिष्ठानले वीरेन्द्र प्रज्ञालङ्कारद्वारा सम्मान प्रदान गरेको उल्लेख गरे।

उनले ग्रेगोरीको २ वटा पुस्तक प्रकाशित भएको र २ वटा प्रकाशनको तयारीमा रहेको जानकारी दिए । उनले ग्रेगोरी डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको अध्ययन गर्न पनि पटक पटक नेपाल आएको स्मरण गरे । नेपाली भाषा, सस्कारंस्कृतिका लागि नेपाली कला साहित्यसँग मिलेर पुरस्कारको समेत स्थापना गरेका ग्रेगोरीले नेपाली भाषा,संस्कृतिमा अतुलनीय योगदान दिएको भन्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरे ।

प्रा. मधुसूदन सुबेदीले आफू विभिन्न रुपमा २२ वर्ष ग्रेगोरीसँगै रहेको बताउँदै उनीसँगै अध्यापन गराउने अवसर समेत प्राप्त गरेको बताए ।

ग्रेगोरी दोस्रो पटक नेपाल आउँदा आफूले उनलाई धामीझाँक्रीका बारेमा मात्रै अध्ययन भएपछि डा.गोविन्द केसीका बारेमा अध्ययान गर्न सुझाएको र सोही अनुरुप ग्रेगोरीले डा. केसीको आन्दोलनले नेपाली समाजमा कस्तो खालको प्रभाव पार्छ  भनेर अध्ययन गरेको बताए । बहुप्रतिभााली ग्रेगोरी एकदमै  सरल रहेको प्रा. सुबेदीले बताए ।

सभामा बोल्दै, पिस कोर,नेपालका डेपुटी डाइरेक्टर दिनेश कार्कीले ग्रेगोरी नेपाललाई माया र नेपालीलाई सम्मान गर्ने असल विदेशी नागरिक भएको बताए । आजभन्दा ४० वर्ष अगाडी स्र्पोट नेपाल संस्थाको स्वयमसेवकका रुपमा जाजरकोटमा आएका ग्रेगोरीको आफू विद्यार्थी भएको  र “ग्रेगोरीको जीवनबाट केही प्रेरणा प्राप्त गर्न सक्यौँ र समाजलाई रुपान्तरण गर्न केही योगदान गर्न सक्यौँ भने उहाँप्रतिको ठूलो सद्भाव र सम्मान हुन्छ।”उनले सभामा भने ।

कार्कीले भने -“ग्रेगोरीले नेपालको जाजरकोट जस्तो विकट ठाउँमा आएर नेपाली भाषा,संस्कृतिमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँले बाटो देखाउनुभएको छ। उहाँबाट पाएको प्रेरणाले समाजमा योगदान गर्न सकौं।”

Advertisement Banner
Previous Post

सुमन “वर्षा”को अन्तत: यन्त्रणा” उपन्यास कृतिको गृह विमोचन तथा विमर्श

Next Post

PM Sher Bahadur Deuba reshuffles Cabinet, 3 new ministers from Janata Samajwadi Party (JSP)

Editorial Team

Editorial Team

Next Post
Nepal Prime Minister Sher Bahadur Deuba stressed the need to breathe new life into BIMSTEC by pooling the strengths of resources of its Member States.

PM Sher Bahadur Deuba reshuffles Cabinet, 3 new ministers from Janata Samajwadi Party (JSP)

Recommended

CIAA files case against 55 people over corruption in Pokhara Airport construction

Hotel entrepreneurs in Pokhara appealed to the government to officially recognise tourism on par with industry

3 months ago
नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

नेपाल-भारत साहित्य महोत्सवले सम्मानको घोषणा

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.