काठमाडौं –– विभिन्न जिल्लाबाट लघुवित्त पीडित आन्दोलनका लागि काठमाडौंमा आएका छन् ।सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरु काठमाडौं आएका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको छ । बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।सहकारी पीडित,लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए ।उनले सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए ।
Comments are closed.