विश्वशान्तिको कामनासहित मिस नेवाः शुरू

काठमाडौं – नेवार समुदायका सुन्दरीहरूबिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ।
नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हालै १८औं संस्करणको मिस नेवाः ११४५ टोखास्थित सपन तीर्थ मन्दिरमा लाखबत्ती बालेर आरम्भ गरिएको हो। प्रतियोगितामा सामेल नेवार सुन्दरीहरूले विश्वशान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको हो।

यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट २१ नेवार युवतीले सहभागिता जनाएका छन्। प्रतियोगितामा प्रसिद्धि शाक्य, संस्कृति श्रेष्ठ, अनुश्री शाक्य, दिबिना डंगोल, शुवास्ना श्रेष्ठ, लुमना महर्जन, प्राश्ना श्रेष्ठ, रमुना बज्राचार्य, रिम्सा श्रेष्ठ, रोनीसा महर्जन, रुजी शाक्य, लुनिभा मानन्धर, अल्पा महर्जन, अनुषा बज्राचार्य, श्रद्धा महर्जन, श्रीया मानन्धर, सुभेक्षा श्रेष्ठ, कुन्ता श्रेष्ठ, रितिषा बज्राचार्य र प्रलिशा शाक्य गरी २१ नेवार सुन्दरी बीच अन्तिम प्रतिस्पर्धा हुनेछ।

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नया“ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता गरि“दै आएको र यसको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दि“दै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। सहआयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जनले समाजकै उत्थान गर्ने कार्यक्रममा सहआयोजकको रूपमा सहभागी हुन पाउँदा गर्व लागेको बताए।

प्रतियोगिताको आरम्भ भएस“गै सहभागी नेवार सुन्दरीहरूले खोकनाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन्। मिस नेवाः नेपालकी विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएका छन्।

आगामी फागुनमा राजधानीमा सम्पन्न हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न हुनेछ। कार्यक्रम मिस नेवा : नेपाल ११४१ कृषा महर्जनको प्रमुख संयोजन, मिस नेवाः नेपाल ११४३ सकिना महर्जनको सह संयोजन र मिस नेवाः नेपाल ११४३ सोसियल वेलफेयर एम्बेस्ड चिफ तिमिला महर्जनको व्यवस्थापनमा सम्पन्न हुनेछ।

 

Comments are closed.