चेक रिपब्लिककी क्रिस्टिनाले ‘मिस वल्र्ड २०२४’को उपाधि जितिन

‘मिस वल्र्ड २०२४’को ७१ औं संस्करणको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् ।
भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा शनिबार साँझ सम्पन्न भएको प्रतियोगितामा पिजकोवाले उक्त उपाधि जितेकी हुन् ।
‘मिस वल्र्ड २०२३’ पोल्याण्डकी करोलिना विलावस्काले क्रिस्टिनालाई ताज पहिराइदिइन् । प्रतियोगितामा लेबनानकी यास्मिना फस्ट रनअप भइन् ।
प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए।
यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होस्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङ थिए ।

Comments are closed.