Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literature

श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा

Editorial Team by Editorial Team
December 30, 2025
in Literature, Nepal, News
0
श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो ।

अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ कथाकार पुष्कर लोहनी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाई तथा खगेन्द्र सिटौलाले मनमाया सिटौलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनको व्यक्तित्वका बारे बोल्नु भएको
थियो ।


दिवङ्गत मनमाया सिटौला स्रष्टा हुनुका साथै लोकगायिका समेत हुन् । ‘मैले बिताएको युग’ मनमाया सिटौलाको आत्मवृतान्त कृति प्रकाशित रहेको छ ।
मनमाया सिटौलाको गत २०८२ मङ्सिर २९ गते ९६ वर्षको उमेरमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा निधन भएको थियो ।
शोक सभा कार्यक्रममा मनमाया सिटौलाप्रति श्रद्धाञ्जली प्रकट गरिएका कविताहरू पनि वाचन गरिएको थियोे ।कविता वाचन गर्नेहरूमा मनमाया सिटौलाका छोरा कविन्द्र सिटौला, छोरी राधिका सिटौला दाहाल, कवि एवं आख्यानकारहरु हिरण्यकुमारी पाठक र सीता पाण्डे, अनेसास केन्द्रीय सदस्य सुमन वर्षा, अनेसास नेपाल च्याटरकी सदस्य द्वारिका कुइँकेल रहनु भएको थियो ।
अनेनास नेपाल च्याप्टरकी कोषाध्यक्ष कमला रिसालले कार्यक्रमको उदेश्यमा प्रकाश पार्दै आफ्नै शब्द, स्वर र सङ्गीत रहेको ‘आमा’ शीर्षकको गीत गाउनु भएको थियो ।
कार्यक्रम शुरु हुनु अगावै कविन्द्र सिटौलाले ‘मेरो देश प्रेमको देश’ अभियानका बारेमा संक्षेपमा प्रकाश पार्दै नेपाली कागजको एक पन्नामा लेखिएको युग परिचायक कवितासङ्ग्रह (Mega Poetry Collection) का केही हरफहरू भरेर उपलब्ध गराउन सबै कवि लेखकहरूमा आग्रह गर्नु भएकी थियो । प्रेम के हो, प्रेम कहाँ हुन्छ, कसरी हुन्छ भन्ने कुरा चार चार हरफ खाली ठाउँमा आ-आफ्नो विचार भरेर बुझाउनसमेत अनुरोध गर्नु भएको थियो । उक्त फर्म नेपाल बाहेक अन्य देशमा पनि भराइने र सङ्कलित ती सबै फर्महरू अमेरिकाको कुनै एक पुस्तकालय, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा तेह्रथुमको आठराइमा समेत राखिने कुरा बताउनु भयो । वि. सं. २०४६ को जनआन्दोलन पश्चात् अमेरिका छिरेका कविन्द्र सिटौलाले आमा मनमायाले गाउनु भएको संगीनी गीत र लोकभाका गीतको रेकर्ड सुनाउनु भयो ।
अनेसास नेपाल च्याप्टरद्वारा आयोजित सोही कार्यक्रममा युवा गायक एवं संगीतकार नरहरि प्रेमीले पनि ‘आमा’ बोलको गीत गाउनु भएको थियो ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले सभापतितब गर्नु भएको सो कार्यक्रमको सहजीकरण अनेसास नेपाल च्याप्टरकी उपाध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो ।
कार्यक्रममा प्राज्ञ बाबा बस्नेत, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनेसास नेपाल च्याप्टरकी निवर्तमान अध्यक्ष एवं पुरस्कार समिति सदस्य सन्ध्या पहाडी, अनेसास दर्पणका सम्पादक रमेश दाहाल, अनेसास कोलोराडो च्याप्टरकी पूर्व अध्यक्ष आचार्य प्रभा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे, प्रा. डा. गोविन्दमानसिंह कार्की, साहित्यकारहरु विजयध्वज थापा, पूर्ण ओली, केशव आचार्य, श्रीबाबु कार्की, सन्तोष श्रेष्ठ, रश्मि रिमाल, अनेसास सदस्यहरु डा. शान्तीमाया गिरी, शान्ति रिसाल, डीआर राई,लक्ष्मण सिटौला, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, मनमायाका छोरा नगेन्द्रराज सिटौला, छोरीहरू राधिका दाहाल र विजया पन्त लगायतको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

13 people killed and 98 injured after a passenger train derails in Mexico

Next Post

Nepal Stock Exchange (NEPSE) index on Sunday recorded a strong gain on Sunday

Editorial Team

Editorial Team

Next Post
Nepal Stock Exchange (NEPSE) index fell by 23.50 points

Nepal Stock Exchange (NEPSE) index on Sunday recorded a strong gain on Sunday

Recommended

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

4 years ago
कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.